Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल


नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्याको दीर्घकालीन समाधान असम्भव रहेको बताउनुभएको छ । सुकुम्बासीको परिभाषा दिँदै आफ्नो स्वामित्वमा एक चपरी जमिन पनि नभएको र बस्ने ठाउँ कतै नभएका व्यक्ति नै वास्तविक सुकुम्बासी भएको बताउनुभएको हो । नेता खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति आलोचना गर्नुभयो । उहाँले अहिले भइरहेको कार्यलाई ‘दमन चक्र’ को संज्ञा दिँदै बन्दुक र डोजरका भरमा समस्या समाधान नहुने दाबी गर्नुभयो । उहाँले सुकुम्बासी समस्या तराईका झापादेखि कञ्चनपुरसम्मका १५ जिल्ला र भित्री मधेसका सुर्खेत, दाङ, नवलपरासी, चितवन, मकवानपुर र उदयपुरमा सबैभन्दा भयावह रहेको उल्लेख गर्नुभयो । विशेषगरी दलित समुदायमा ६० प्रतिशत जनता अझै पनि पूर्ण रूपमा भूमिहीन रहेको तथ्य उहाँले बताउनु भयो । काठमाडौं उपत्यकाभित्र सुकुम्बासीसँगै ‘हुकुम्बासी’ (शक्ति र पहुँचका भरमा जमिन ओगट्नेहरू) पनि रहेको स्वीकार्दै उहाँले हुकुम्बासीका नाममा वास्तविक सुकुम्बासीलाई आतंकित पार्न नहुने बताउनु भयो । नेपाल कृषिप्रधान देश भएपनि ग्रामीण क्षेत्रमा भूमिहीन र गरिब किसानको संख्या ठूलो रहेको उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो, ‘४० लाख भन्दा बढी जनता अहिले भूमिहीन अवस्थामा छन् । उनीहरूका परिवारको स्वामित्वमा एक चपरी पनि जमिन छैन । यदि साँच्चै यो समस्या हल गर्ने हो भने स्वामित्व परिवर्तन गर्ने गरी क्रान्तिकारी भूमिसुधार गर्नैपर्छ । यो त दमन चक्र बाहेक केही पनि होइन । १० वटा परिवारलाई व्यवस्थापन गरेर पुग्दैन, ४० लाख परिवारको समस्या हल गर्नुपर्नेछ । एकाध हुकुम्बासीलाई देखाएर डोजर चलाउने, बुट र बन्दुक देखाएर जनतालाई आतंकित पारेर समाधान हुने समस्या यो होइन ।’ पार्टीले यस विषयमा ठोस प्रश्ताव पारित गरेको र अब संसदीय दलमार्फत सरकारसँग छलफल गरिने पनि उनले जानकारी दिनुभयो । सडकबाट मात्रै सबै कुरा नहुने भन्दै संसदबाट हुने केही कुराहरु रहेको उहाँको भनाइ छ ।

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्याको दीर्घकालीन समाधान असम्भव रहेको बताएका छन् ।

सुकुम्बासीको परिभाषा दिँदै आफ्नो स्वामित्वमा एक चपरी जमिन पनि नभएको र बस्ने ठाउँ कतै नभएका व्यक्ति नै वास्तविक सुकुम्बासी भएको बताएका छन् । नेता खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति आलोचना गरेका छन् । उनले अहिले भइरहेको कार्यलाई ‘दमन चक्र’ को संज्ञा दिँदै बन्दुक र डोजरका भरमा समस्या समाधान नहुने दाबी गरे । उनले सुकुम्बासी समस्या तराईका झापादेखि कञ्चनपुरसम्मका १५ जिल्ला र भित्री मधेसका सुर्खेत, दाङ, नवलपरासी, चितवन, मकवानपुर र उदयपुरमा सबैभन्दा भयावह रहेको उल्लेख गरेका छन् । विशेषगरी दलित समुदायमा ६० प्रतिशत जनता अझै पनि पूर्ण रूपमा भूमिहीन रहेको तथ्य उनले बताए । काठमाडौं उपत्यकाभित्र सुकुम्बासीसँगै ‘हुकुम्बासी’ (शक्ति र पहुँचका भरमा जमिन ओगट्नेहरू) पनि रहेको स्वीकार्दै उहाँले हुकुम्बासीका नाममा वास्तविक सुकुम्बासीलाई आतंकित पार्न नहुने बताएका छन् । नेपाल कृषिप्रधान देश भएपनि ग्रामीण क्षेत्रमा भूमिहीन र गरिब किसानको संख्या ठूलो रहेको उनको टिप्पणी छ ।

उनले भने, ‘४० लाख भन्दा बढी जनता अहिले भूमिहीन अवस्थामा छन् । उनीहरूका परिवारको स्वामित्वमा एक चपरी पनि जमिन छैन । यदि साँच्चै यो समस्या हल गर्ने हो भने स्वामित्व परिवर्तन गर्ने गरी क्रान्तिकारी भूमिसुधार गर्नैपर्छ । यो त दमन चक्र बाहेक केही पनि होइन । १० वटा परिवारलाई व्यवस्थापन गरेर पुग्दैन, ४० लाख परिवारको समस्या हल गर्नुपर्नेछ । एकाध हुकुम्बासीलाई देखाएर डोजर चलाउने, बुट र बन्दुक देखाएर जनतालाई आतंकित पारेर समाधान हुने समस्या यो होइन ।’

पार्टीले यस विषयमा ठोस प्रश्ताव पारित गरेको र अब संसदीय दलमार्फत सरकारसँग छलफल गरिने पनि उनले जानकारी दिएका छन् । सडकबाट मात्रै सबै कुरा नहुने भन्दै संसदबाट हुने केही कुराहरु रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?