Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

मनोहराको सुकुम्बासी बस्तीमा डोजरः सुरक्षाकर्मीको बाक्लो उपस्थिति (तस्बिरहरु)


काठमाडौँ । मनोहरास्थित सुकुमसी बस्तीमा आज सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाइएको छ ।

अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी बस्तीमा बल प्रयोग गरेको हो । बस्ती भत्काउनका लागि ठूला डोजर (जेसीबी) हरू तैनाथ गरिएको छ । केही स्थानीय बासिन्दाहरू आफैँले आफ्नो छाप्रोको छाना र बाँसका संरचनाहरू भत्काउँदै गरेको दृश्यले पीडितहरूको पीडा झल्काउँछ । आफ्नो बस्ने बास खोसिएपछि उनीहरू घरायसी सामानहरू कसेर ट्रकमा लोड गरेर सुरक्षित स्थानतर्फ सर्न बाध्य देखिएका छन् । सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ र पूर्ण तयारीका साथ सुरक्षाकर्मीहरू त्यहाँ तैनाथ छन् ।

डोजरको प्रयोग र सुरक्षा निकायको उपस्थिति बाक्लो बनाइँदा सो क्षेत्रमा तनाबको स्थिति सिर्जना भएको छ ।


प्रकाशित मिति: १३ बैशाख २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?