Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

विश्वशान्तिको कामना गर्दै वसन्तपुरमा चित्रकला प्रदर्शनी


विश्वशान्तिको कामना गर्दै वसन्तपुरमा चित्रकला प्रदर्शनी

काठमाडौँ । विश्वशान्तिको कामना गदै वसन्तपुरमा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ ।

पछिल्लो समयमा विश्वमा बढिरहेको युद्धलाई रोक्नुपर्ने सन्देशसहित शनिवार सो प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा इलामका चित्रकार सुवास क्षितिज श्रेष्ठको चित्रकला पदर्शनी गरिएको थियो । साथै उनले लाईभ आर्ट पनि गरेका थिए । विश्व शान्ति र भाईचाराको सन्देश फैलाउनको लागि ६ औँ एकल चित्रकला प्रर्दशनी आयोजना गरिएको बताएका उनले द्वन्द्वले विश्वव्यापी रुपमा नै मान्छेको जीवनयापन, रोजगारी, सुरक्षा, महंगीले प्रभाव पारिरहेको बताए । संकट र त्रास फैलाईरहकोले यसलाई रोकेर विश्व शान्ति कामना गर्नुपर्ने उनको भनाई छ । उनले शक्ति र स्रोतलाई नकरात्मक भन्दा सिर्जनात्मक रुपमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘हाल विश्वमा बढिरहेको युद्धले युद्ध क्षेत्रमा मात्रै नभई विश्वव्यापी रुपमा नै संकट र त्रास फैलाइरहको छ । युद्धले मान्छेको जीवनयापन, रोजगारी, सुरक्षा, महंगीले विश्वव्यापी रुपमा प्रभाव पारिरहेको छ । यो वार अझ ठुलो रुपमा गयो र न्युक्लियर वारमा पुग्यो भने पृथ्वी नै नरहने पो होकी । त्यो हामी सबैको सरोकारको विषय हो भन्ने मलाई लाग्यो, त्यसैले मैले शक्तिको प्रयोग नकरात्मकताको लागी होईन, शक्ति र स्रोतलाई सिर्जनात्मक रुपमा प्रयोग गर्नुपर्छ । मानिस, वातावरण र सिंगो पृथ्वीलाई जोगाउनुपर्छ । त्यसको लागी विश्व शान्तिको सन्देश दिनको लागी यो आर्ट एक्जिभिसन गरेको हो ।’

प्रदर्शनीमा ललितकलामा अध्ययनरत विद्यार्थी सहभागी थिए । उनीहरुले पनि चित्रकार श्रेष्ठसँगै लाईभ चित्रकला देखाएका थिए । प्रदर्शनीमा सहभागी विद्यार्थी अमूल्य आचार्यले आर्टको माध्यमबाट शान्तिको कामना गरिएको बताउनु भयो ।

पृथ्वी सबैको साझा घर भएकोले यसलाई जोगाउन सबैको उत्तिकै दायित्व हुने प्रदर्शनीमा सहभागीहरुको भनाई छ । बुद्धको भुमीबाट चित्रकलाको माध्यमबाट विश्वशान्तिको कामना गर्न आश्वयक ठानेर प्रदर्शनी गरिएको जनाईएको छ ।


प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?