Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

दशरथ रङ्गशालामा शुरु भयो सुकुम्वासीको विवरण संकलन


काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाभित्रका मुख्य सुकुम्वासी बस्तीहरू खाली गराउने अभियान शुरु गरेको छ ।

शनिवार बिहानैदेखि थापाथलीस्थित वागमती नदी किनारका सुकुम्वासी बस्ती हटाउन थालिएको हो । अभियानअन्तर्गत प्रभावित स्थानका बासिन्दाहरू धमाधम सरकारी सम्पर्कमा आउन थालेका छन् । सरकारी तथ्यांकअनुसार शनिवार २ बजेसम्म २३ परिवार सरकारी निकायको सम्पर्कमा आएका छन् । ती परिवारहरूले आफ्नो विस्तृत विवरण सरकारी टोलीलाई बुझाएका छन् । यस्तै प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौं महानगरपालिकाको वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवद्र्धन केन्द्र खुला रहेका छन्, जहाँ सामान्य प्राथमिक उपचार प्रदान गरिँदैछ । होल्डिङ सेन्टरमा आउनुभएका सुकुम्वासीहरूका लागि प्राथमिक उपचारको पनि व्यवस्था मिलाइएको छ । सरकारले विवरण संकलन र उनीहरूको ‘स्क्रिनिङ’का लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विशेष व्यवस्था गरेको छ। विभिन्न स्थानका सुकुम्वासीहरूका लागि फरक–फरक डेस्क स्थापना गरी विवरण संकलन कार्य भइरहेको छ ।

सरकारी टोलीकाअनुसार रङ्गशालामा विवरण संकलन कार्य सम्पन्न भएपछि ती परिवारहरूलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा स्थानान्तरण गर्ने तयारी गरिएको छ । उनीहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारी संयन्त्रले कामलाई तिब्रता दिएको छ । उपत्यकाको सौन्दर्यीकरण र नदी किनारको अतिक्रमण हटाउने उद्देश्यसहित केही समय यता सरकारले निरन्तर रूपमा सुकुम्वासी बस्ती हटाउने दाबी गर्दै आएको छ ।


प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?