काठमाडौं। थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर प्रयोग गरी टहरा भत्काउने क्रममा मुख्य खानेपानीको पाइप फुटेको छ ।
शनिवार बिहान भएको उक्त घटनाका कारण बालाजु, माईतीघर र एकान्तकुना क्षेत्रमा खानेपानी आपूर्ति प्रभावित भएको छ । पाइप मर्मतकार्यका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले यी तीन क्षेत्रका भल्भहरू बन्द गर्ने निर्णय गरेको छ । पाइपमा कति क्षति पुगेको छ भन्नेबारे यकिन भइसकेको छैन ।
डोजरले पाइपमा क्षति पु¥याएपछि बस्तीमा पानीको ठूलो भेल बगेको थियो, जसका कारण सुकुम्वासी बस्तीका बासिन्दाले घरबाट निकालेका सामानहरू भिजेर नष्ट भएका छन् ।
प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार