Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सामानको बिटो बाँधेर बाटो लाग्दै सुकुम्बासीहरू (तस्बिरहरु)


काठमाडौँ । आजको बिहानी थापाथलीको सुकुम्बासी बस्तीका बासिन्दाका लागि एउटा अभिशप्त बिहानी बनेर आयो । सयौंको संख्यामा तैनाथ सुरक्षाकर्मीहरूका बीच जब डोजरले बस्तीमा प्रवेश ग¥यो, तब त्यहाँ बसोबास गर्नेहरूको सानो संसार क्षणभरमै तहसनहस भयो ।

तस्बिरहरूले एउटा हृदयविदारक कथा भनिरहेका छन्ः घरका भित्ता त ढले, तर त्यसभन्दा ठूलो पीडा त्यहाँका बासिन्दाको अनुहारमा छ । अघिसम्म ओत लागेका परिवारहरू आफ्ना थोरै भएका सामानहरू बोरामा कोच्दै, बिटो बाँध्दै सडकमा निस्किएको दृश्यले जोसुकैको मन पनि कटक्क खान्छ । कतिपयले ओछ्यानको बिटो, कतिले भाँडाकुँडा त कतिले बच्चाहरूको सानो झोला बोकेर अनिश्चित भविष्यतर्फ पाइला चाल्दैछन् । तस्बिरमा देखिएका वृद्धवृद्धाको शुन्यताले र स–साना बालबालिकाको काखमा टाँसिएर हेरिरहेको त्यो निरीह दृश्यले राज्य कतिसम्म कठोर हुन सक्छ भन्ने प्रश्न खडा गरेको छ । एउटा सामान्य ओतको लागि वर्षौंदेखि संघर्ष गरिरहेका यी मानिसहरू आज फेरि सडकमा आइपुगेका छन् । डोजरले घर त भत्कायो, तर ती मानिसहरूको मनमा पैदा भएको घाउ कहिले निको होला ?


प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?