Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

‘भूकम्पका भग्नावशेषः असनका एक दशक’ (फोटो फिचर)


काठमाडौँ । २०७२ साल वैशाख १२ गते । त्यो कालो दिन, जसले हजारौँको ज्यान लियो र लाखौँलाई घरबारविहीन बनायो ।

विनाशकारी भूकम्पको त्यो त्रासदीले धेरैको सपना भत्कायो । तर १० वर्ष बितिसक्दा पनि केही ठाउँहरूमा समय अझै त्यही दिनमा रोकिएको जस्तो लाग्छ । काठमाडौंको असन, मरु क्षेत्र यस्तै एउटा उदाहरण हो । असन र मरुका यी भग्नावशेषहरू मानिसहरूको असीम पीडा र राज्यको उदासीनताका मौन साक्षी हुन् । आफ्नो बास बस्ने घर भत्किएपछिको त्यो डरलाग्दो रात पछि, आजसम्म ती भग्नावशेषले मात्रै स्थानीय बासिन्दाहरूको अधुरो आशाको कथा बोकेका छन् । धेरैले ऋण काढेर जसोतसो तङ्ग्रिने प्रयास गरे, तर केही भने अहिले पनि भग्नावशेषको बीचमा जीवन बिताउन बाध्य छन् । एक दशक भनेको धेरै समय हो । तर असनका यी कङ्काल बनेका भवनहरूले भने अझै नयाँ स्वरूप लिन सकेका छैनन् । कतिपय भवनहरु निजी निवास हुन् । दाजुभाईबीचको अंशबण्डाका कारण पनि विवादले बन्न सकेका छैनन् । विकासका गफहरू धेरै भए, पुनःसंरचनाका आश्वासनहरू पटक–पटक बाँडिए, तर वास्तविकता भने यी फोटोहरूमा देखिने जस्तै पीडादायी छ ।

के राज्यको ध्यान यता कहिल्यै पुग्ला ? के यी भग्नावशेषहरूले फेरि नयाँ जीवन पाउलान् ? प्रश्नहरू अनुत्तरित नै छन् ।


प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?