Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

वर्तमान सरकार फाँसीवादी शैलीमा अघि बढ्योः सिपी गजुरेल


क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव नेता सिपी गजुरेलले वर्तमान सरकारले फाँसीवादी शैलीमा चलिरहेको आरोप लगाउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारको गतिविधि फाँसीवादी शैलिमा अघि बढिरहेको जिकिर गर्नुभएको हो । महासचिव गजुरेलले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने कुरा, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कुरा पञ्चायती व्यवस्थामापनि नभएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकार नेपाली जनताको हितमा नभएको पनि बताउनु भयो । महासचिव गजुरेलले भन्नुभयो,‘परिस्थति बदलिएको छ । अब अहिले नेपालको नै कुरा गर्ने हो भने फाँसीवाद लागू गर्दै गईराखेको छ । आजै सरकार बनेको एक महिना पुगेको छैन सुकुम्वासीलाई त्यहाँबाट हटाउनको निम्ति डोजर लगाउने भनेर आज सुनियो । अव यो त फाँसीवादको प्रयोग गर्ने हो नि । अव विद्यार्थीहरुले संगठन खोल्न हुँदैन भनेर निर्णय गर्नु भनेको त फाँसीवाद हो नि । पञ्चायति व्यवस्थापनमा पनि त्यो थिएन नि । शुरुमा पञ्चायती व्यवस्थामा सबै संगठनहरुलाई प्रतिबन्ध लगाउनेभन्ने थियो । तर पछि गएर विद्यार्थीहरुले संघर्ष गरेर विद्यार्थी संगठन त प्राप्त गरे नि । त्यसमाथि लगाइएको प्रतिवन्ध त त्यतिखेर नै हटेको थियो । निर्दलीय व्यवस्थामा पनि विद्यार्थीहरुले चुनाव पनि लडन पाउथे, अरु अधिकार पनि पाउँथे । यसले त पञ्चायतले जति अधिकार पनि दिएन ।’ महासचिव गजुरेलले मुलुकलाई संकटबाट जोगाउन सबै क्रान्तिकारी, देशभक्त शक्तिहरुबीच सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको पनि बताउनु भयो ।

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव नेता सिपी गजुरेलले वर्तमान सरकारले फाँसीवादी शैलीमा चलिरहेको आरोप लगाएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारको गतिविधि फाँसीवादी शैलिमा अघि बढिरहेको जिकिर गरेका छन् । महासचिव गजुरेलले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने कुरा, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कुरा पञ्चायती व्यवस्थामापनि नभएको भन्दै आपत्ति जनाएका छन् । उनले सरकार नेपाली जनताको हितमा नभएको पनि बताए ।

महासचिव गजुरेलले भने,‘परिस्थति बदलिएको छ । अब अहिले नेपालको नै कुरा गर्ने हो भने फाँसीवाद लागू गर्दै गईराखेको छ । आजै सरकार बनेको एक महिना पुगेको छैन सुकुम्वासीलाई त्यहाँबाट हटाउनको निम्ति डोजर लगाउने भनेर आज सुनियो । अव यो त फाँसीवादको प्रयोग गर्ने हो नि । अव विद्यार्थीहरुले संगठन खोल्न हुँदैन भनेर निर्णय गर्नु भनेको त फाँसीवाद हो नि । पञ्चायति व्यवस्थापनमा पनि त्यो थिएन नि । शुरुमा पञ्चायती व्यवस्थामा सबै संगठनहरुलाई प्रतिबन्ध लगाउनेभन्ने थियो । तर पछि गएर विद्यार्थीहरुले संघर्ष गरेर विद्यार्थी संगठन त प्राप्त गरे नि । त्यसमाथि लगाइएको प्रतिवन्ध त त्यतिखेर नै हटेको थियो । निर्दलीय व्यवस्थामा पनि विद्यार्थीहरुले चुनाव पनि लडन पाउथे, अरु अधिकार पनि पाउँथे । यसले त पञ्चायतले जति अधिकार पनि दिएन ।’

महासचिव गजुरेलले मुलुकलाई संकटबाट जोगाउन सबै क्रान्तिकारी, देशभक्त शक्तिहरुबीच सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको पनि बताएका छन् ।


प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?