Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

वर्षेखेतीका लागि रासायनिक मलको अभाव हुन्नः कृषिमन्त्री चौधरी


कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपाईँसम्मका लागि रासायनिक मलको समस्या नहुने बताउनुभएको छ । रोल... शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले वर्षाको रोपाईंसम्मका लागि रासायनिक मलको भण्डारण रहेको बताउनुभएको हो । मन्त्री चौधरीले सरकारले माटो बिग्रन नदिनका लागि जैविक तथा प्राङ्गारिक मलको व्यवस्थापनमा जोड दिने नीति लिएको पनि स्पष्ट पार्नुभयो । उहाँले किसानलाई अनुदान दिने तथा बीउ विजनको उचित व्यवस्थापनका लागि सरकारले सुक्ष्म अध्ययन गरिरहेको पनि बताउनु भयो । वास्तविक किसानलाई अनुदान सहायता उपलब्ध गराउने गरी सरकारले सो काम गर्नुं परेको मन्त्री चौधरीको भनाई थियो । उहाँले भन्नुभयो,‘रासायनिक मल एकदमै धेरै समस्याग्रस्त अवस्थामा छ भन्ने कुरा देखाइराख्नुभएको छ । हामी यसमा एकदमै धेरै सिरियस्ली लागि राखेका छौँ । प्रत्येक दिन जसो हाम्रो रासायनिक मलको कुरा भइराखेको छ । अहिले रोपाईँ सम्मको लागि हामीसँग मल उपलब्ध छ । हामीले रोपाईं पछिका लागि मल राख्ने प्रयासमा छौँ । अर्को जैविक तथा प्राङ्गारिक कुरामा चाहीँ सरकारले सय बुदे सुदृढीकरणको कुरा ल्याएको छ । त्यसमा पनि मलका कुराहरु त्यसमा परेको अवस्था छ । त्यसमा पनि हामी कही नीतिगत कुराहरुमा काम गरिराखेका छौँ । जैविक तथा प्राङ्गारिक मललाई कसरी महत्व दिन सकिन्छ त ? अर्को कुरा स्वयल हेल्ड कार्डको कुरा छ । स्वयललाई सुधार गर्नका लागि जैविक तथा प्राङगारिक मलले नै महत्वपूर्ण भूमिका खेल्छ । वीउ विजनको आपूर्तिको कुराहरु, किसानहरुलाई प्रोत्साहन गर्ने कुराहरुमा विगतमा दिनमा जसरी भयो । त्यसका सुधारका लागि हामीले सुक्ष्म अध्ययन गरिराखेका छौँ । तर यस वर्षको समस्या समाधान गर्नका लागि हामी त्यसमा काम गरिनै राखेका छौँ ।’ मन्त्री चौधरीले सरकारले उन्नतस्तरको बीउविजनको आवश्यक व्यवस्था मिलाउने प्रयास पनि गरिरहेको बताउनु भयो ।

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपाईँसम्मका लागि रासायनिक मलको समस्या नहुने बताएकी छिन् ।

शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले वर्षाको रोपाईंसम्मका लागि रासायनिक मलको भण्डारण रहेको बताइन् । मन्त्री चौधरीले सरकारले माटो बिग्रन नदिनका लागि जैविक तथा प्राङ्गारिक मलको व्यवस्थापनमा जोड दिने नीति लिएको पनि स्पष्ट पारेकी छिन् । उनले किसानलाई अनुदान दिने तथा बीउ विजनको उचित व्यवस्थापनका लागि सरकारले सुक्ष्म अध्ययन गरिरहेको पनि बताइन् । वास्तविक किसानलाई अनुदान सहायता उपलब्ध गराउने गरी सरकारले सो काम गर्नुं परेको मन्त्री चौधरीको भनाई थियो ।

उनले भनिन्,‘रासायनिक मल एकदमै धेरै समस्याग्रस्त अवस्थामा छ भन्ने कुरा देखाइराख्नुभएको छ । हामी यसमा एकदमै धेरै सिरियस्ली लागि राखेका छौँ । प्रत्येक दिन जसो हाम्रो रासायनिक मलको कुरा भइराखेको छ । अहिले रोपाईँ सम्मको लागि हामीसँग मल उपलब्ध छ । हामीले रोपाईं पछिका लागि मल राख्ने प्रयासमा छौँ । अर्को जैविक तथा प्राङ्गारिक कुरामा चाहीँ सरकारले सय बुदे सुदृढीकरणको कुरा ल्याएको छ । त्यसमा पनि मलका कुराहरु त्यसमा परेको अवस्था छ । त्यसमा पनि हामी कही नीतिगत कुराहरुमा काम गरिराखेका छौँ । जैविक तथा प्राङ्गारिक मललाई कसरी महत्व दिन सकिन्छ त ? अर्को कुरा स्वयल हेल्ड कार्डको कुरा छ । स्वयललाई सुधार गर्नका लागि जैविक तथा प्राङगारिक मलले नै महत्वपूर्ण भूमिका खेल्छ । वीउ विजनको आपूर्तिको कुराहरु, किसानहरुलाई प्रोत्साहन गर्ने कुराहरुमा विगतमा दिनमा जसरी भयो । त्यसका सुधारका लागि हामीले सुक्ष्म अध्ययन गरिराखेका छौँ । तर यस वर्षको समस्या समाधान गर्नका लागि हामी त्यसमा काम गरिनै राखेका छौँ ।’

मन्त्री चौधरीले सरकारले उन्नतस्तरको बीउविजनको आवश्यक व्यवस्था मिलाउने प्रयास पनि गरिरहेको बताएकी छिन् ।


प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?