Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

काठमाडौंमा सुकुम्वासीद्वारा सरकारविरुद्ध प्रदर्शन


काठमाडौंमा सुकुम्वासीद्वारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ । सुकुम्वासी बस्ती खाली गराउने निर्णयविरुद्ध काठमाडौंको थापाथलीमा सरकारविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन भइरहेको छ ।

शुक्रवार उनीहरुले आफूहरुलाई न्याय दिनुपर्नेलगायतका माग राख्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले सुकुम्वासी आवासको हक सुनिश्चित गर, डोजर आतंक बन्द गर, यस्ता सरकार चाहिँदैन, आफूहरुलाई न्याय दे लगायतका प्लेकार्ड समेत प्रदर्शन गरेको थिए । प्रदर्शनकारीहरुले निर्वाचन अघि रास्वपा सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमा डोजर चलाए आफू नै छाति थाप्न जाने आश्वाशन दिएका थिए । प्रदर्शनकारीहरुले सोही आश्वासन स्मरण गराउँदै आफूहरुको बस्तीमा आउन सभापति लामिछानेलाई पनि आग्रह गरिरहेका छन् ।

प्रदर्शनका प्रधानमन्त्री बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरिएको छ । सरकारविरुद्धको सो प्रदर्शनमा जेनजी अभियन्ताहरुको पनि सहभागिता रहेको छ ।


प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?