Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

मौसमजन्य विपद् व्यवस्थापनका लागि देशभर ६० वटा अस्थायी बेस स्थापना गर्ने तयारी


सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र उद्धार कार्यलाई सुदृढ बनाउन देशभर स्थायी र अस्थायी संरचना बनाउने भएको छ । बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले ९ वटा विपद् व्यवस्थापन सम्बन्धी स्याथी बेस र ६० वटा अस्थायी बेस सञ्चालन ल्याउन लागेको जानकारी दिनुभयो । उहाँकाअनुसार हालै सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लाको सीमामा ६ वटा बेस स्थापना गरिएको छ । उहाँकाअनुसार सशस्त्र प्रहरीले हाल चार वटा स्थायी अपरेशनल युनिट स्थापना गरेको छ । कुरिनटारस्थित तालिम केन्द्र, मनाङको उच्च पर्वतीय उद्धार तालिम शिक्षालय, सप्तरीको विशेष कार्य शिक्षालय र विपद् उद्धार गणले विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्ने गरेका छन् । उहाँले प्रहरी हेडक्वाटरदेखि विओपीसम्म नै विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरेको पनि जानकारी दिनुभयो । उहाँकाअनुसार विभिन्न प्रकारका विपद् सम्बन्धी तालिममार्फत ४ हजार ५१३ जनशक्ति उत्पादन गरिएको छ । ती जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । हेडक्वार्टरदेखि सीमा सुरक्षा पोस्ट (बीओपी) स्तरसम्म ८ हजार १ सय १० जना सशस्त्र प्रहरी कर्मचारी संलग्न विपद् समर्पित टोली गठन गरिएको उहाँको भनाई छ । उहाँले सशस्त्र प्रहरीले गत वर्षदेखि ‘विपद् स्वयंसेवक तालिम’ कार्यक्रम सञ्चालन गर्दै स्थानीय तहमा जनशक्ति उत्पादन गरिरहेको पनि जानकारी दिनुभयो । सो कार्यक्रमअन्तर्गत गतवर्ष ९९० जनाले तालिम लिएको र यस वर्ष हालसम्म २ सय २९ जनाले तालिम पूरा गरेको बताउनु भयो । हाल १ सय ३५ जना तालिमरत रहेका छन् । प्रत्येक वडामा २५ जनाको दरले विपद् सूचक (स्वयंसेवक) विकास गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले दक्ष जनशक्ति परिचालन गरेपनि आवश्यक उद्धार सामग्रीको अभाव रहेको बताउनु भयो । देशभर रहेका ५४७ युनिटमध्ये धेरैमा आधारभुत सामग्री अझै अपुग रहेको उहाँको भनाई छ । विपद् व्यवस्थापन प्राधिकरण, मन्त्रालय तथा प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सामग्री संकलनको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरी वलको तालिम केन्द्र कुरिनटार, उच्चपर्वतीय उद्धार तालिम शिक्षालय मनाङ, विशेष कार्य शिक्षालय सप्तरी र विपद् उद्धार गण गरेर चार वटा स्थायी उपरेशनल युनिट स्थापना भएको छ । विभिन्न खालका विपदजन्य तालिम गोताखोरसहितका ४ हजार ५१३ जनाले लिएका छन्, उनीहरुलाई विभिन्न युनिटहरुमा परिचालन गरिएको छ । हेडक्वाटरदेखि विओपीसम्म अहिले हामीले विपद् डेडिकेटट टिम गठन गरेका छौँ । त्यसमा ८ हजार ११० जना सशस्त्र प्रहरी कर्मचारी परिचालित भएर काम गरिरहेका छन् । ९ वटा विपद् व्यवस्थापन वेश स्थापना गरेर काम गर्दैछौँ, हालै ६ वटा वेश सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लामा गरि थप ६ वटा स्थानमा विपद् व्यवस्थापन वेश स्थापना गरेर काम गर्दैछौँ । विशेष गरेर मौषमजन्य विपदको लागी विपद् अस्थायी वेश ६० वटा स्थापना गरेर काम गर्ने चरणमा छौँ । गतसालबाट सशस्त्र प्रहरी वलले नयाँ अवधारण ल्याएर विपद् स्वयंसेवक तालिम भनेर विभिन्न वडामा जनशक्ति उत्पादन गर्नेगरि तालिम संचालन गरेका छौँ । गतसाल ९९० जनाले तालिम प्राप्त गरेका थिए । अहिले २२९ जनाले तालिम प्राप्त गरेका छन् र १३५ जना अरु थप तालिमरत हुनुहुन्छ । यस्तै गतसालबाट हरेक वडामा हामीले २५ जनाको दरले विपद् सूचक विकास गराउनेगरि काम गरिरहेका छौँ । काम गर्दैजादाँ कतिपय ठाउँहरुमा विपद् सामाग्री अभावले भनेजस्तो काम गर्न सकेका छैनौ । तथापी हामीले विभिन्न समयमा विभिन्न निकायसंग समन्वय गरेर उद्धारको लागी आवश्यक सामग्रीहरु संकलन गरिरहेका छौँ । हाम्रो ५ सय ४७ वटा युनिटहरु छन्, तत युनिटहरुमा आधारभुत सामाग्रीहरु अझै पनि पु¥याउन सकेका छैनौ । विपद् प्राधिकरण र मन्त्रालयसंग आवश्यक सामाग्रीको माग गरेका छौँ । प्रदेश तथा स्थानिग तहसंग समन्वय गरेर समेत सामाग्री जुटाउने काम भईरहेको छ ।’ संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वर्षायामको शुरूवातसँगै आगलागी, बाढी, पहिरो, महामारी लगायत विपद्जन्य जोखिमहरूको न्युनिकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभको तयारीका बारेमा छलफल भएको थियो ।

काठमाडौँ । सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन र उद्धार कार्यलाई सुदृढ बनाउन देशभर स्थायी र अस्थायी संरचना बनाउने भएको छ ।

बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले ९ वटा विपद् व्यवस्थापन सम्बन्धी स्याथी बेस र ६० वटा अस्थायी बेस सञ्चालन ल्याउन लागेको जानकारी दिएका छन् । उनकाअनुसार हालै सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लाको सीमामा ६ वटा बेस स्थापना गरिएको छ । उनकाअनुसार सशस्त्र प्रहरीले हाल चार वटा स्थायी अपरेशनल युनिट स्थापना गरेको छ । कुरिनटारस्थित तालिम केन्द्र, मनाङको उच्च पर्वतीय उद्धार तालिम शिक्षालय, सप्तरीको विशेष कार्य शिक्षालय र विपद् उद्धार गणले विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्ने गरेका छन् । उनले प्रहरी हेडक्वाटरदेखि विओपीसम्म नै विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरेको पनि जानकारी दिएका छन् । उनकाअनुसार विभिन्न प्रकारका विपद् सम्बन्धी तालिममार्फत ४ हजार ५१३ जनशक्ति उत्पादन गरिएको छ । ती जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गरिएको उनले जानकारी दिएका छन्  । हेडक्वार्टरदेखि सीमा सुरक्षा पोस्ट (बीओपी) स्तरसम्म ८ हजार १ सय १० जना सशस्त्र प्रहरी कर्मचारी संलग्न विपद् समर्पित टोली गठन गरिएको उनको भनाई छ । उनले सशस्त्र प्रहरीले गत वर्षदेखि ‘विपद् स्वयंसेवक तालिम’ कार्यक्रम सञ्चालन गर्दै स्थानीय तहमा जनशक्ति उत्पादन गरिरहेको पनि जानकारी दिएका छन् । सो कार्यक्रमअन्तर्गत गतवर्ष ९९० जनाले तालिम लिएको र यस वर्ष हालसम्म २ सय २९ जनाले तालिम पूरा गरेको बताएका छन् । हाल १ सय ३५ जना तालिमरत रहेका छन् । प्रत्येक वडामा २५ जनाको दरले विपद् सूचक (स्वयंसेवक) विकास गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको पनि उनले जानकारी दिए । उनले दक्ष जनशक्ति परिचालन गरेपनि आवश्यक उद्धार सामग्रीको अभाव रहेको बताए । देशभर रहेका ५४७ युनिटमध्ये धेरैमा आधारभुत सामग्री अझै अपुग रहेको उनको भनाई छ । विपद् व्यवस्थापन प्राधिकरण, मन्त्रालय तथा प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सामग्री संकलनको प्रयास भइरहेको उनले जानकारी दिएका छन् ।

उनले भने, ‘सशस्त्र प्रहरी वलको तालिम केन्द्र कुरिनटार, उच्चपर्वतीय उद्धार तालिम शिक्षालय मनाङ, विशेष कार्य शिक्षालय सप्तरी र विपद् उद्धार गण गरेर चार वटा स्थायी उपरेशनल युनिट स्थापना भएको छ । विभिन्न खालका विपदजन्य तालिम गोताखोरसहितका ४ हजार ५१३ जनाले लिएका छन्, उनीहरुलाई विभिन्न युनिटहरुमा परिचालन गरिएको छ । हेडक्वाटरदेखि विओपीसम्म अहिले हामीले विपद् डेडिकेटट टिम गठन गरेका छौँ । त्यसमा ८ हजार ११० जना सशस्त्र प्रहरी कर्मचारी परिचालित भएर काम गरिरहेका छन् । ९ वटा विपद् व्यवस्थापन वेश स्थापना गरेर काम गर्दैछौँ, हालै ६ वटा वेश सुनसरीको चतरा, सप्तरीको भारदह, काभ्रेको भकुण्डे, डोटीको बोर्डर, गोरखाको आरुटार र जुम्लामा गरि थप ६ वटा स्थानमा विपद् व्यवस्थापन वेश स्थापना गरेर काम गर्दैछौँ । विशेष गरेर मौषमजन्य विपदको लागी विपद् अस्थायी वेश ६० वटा स्थापना गरेर काम गर्ने चरणमा छौँ । गतसालबाट सशस्त्र प्रहरी वलले नयाँ अवधारण ल्याएर विपद् स्वयंसेवक तालिम भनेर विभिन्न वडामा जनशक्ति उत्पादन गर्नेगरि तालिम संचालन गरेका छौँ । गतसाल ९९० जनाले तालिम प्राप्त गरेका थिए । अहिले २२९ जनाले तालिम प्राप्त गरेका छन् र १३५ जना अरु थप तालिमरत हुनुहुन्छ । यस्तै गतसालबाट हरेक वडामा हामीले २५ जनाको दरले विपद् सूचक विकास गराउनेगरि काम गरिरहेका छौँ । काम गर्दैजादाँ कतिपय ठाउँहरुमा विपद् सामाग्री अभावले भनेजस्तो काम गर्न सकेका छैनौ । तथापी हामीले विभिन्न समयमा विभिन्न निकायसंग समन्वय गरेर उद्धारको लागी आवश्यक सामग्रीहरु संकलन गरिरहेका छौँ । हाम्रो ५ सय ४७ वटा युनिटहरु छन्, तत युनिटहरुमा आधारभुत सामाग्रीहरु अझै पनि पु¥याउन सकेका छैनौ । विपद् प्राधिकरण र मन्त्रालयसंग आवश्यक सामाग्रीको माग गरेका छौँ । प्रदेश तथा स्थानिग तहसंग समन्वय गरेर समेत सामाग्री जुटाउने काम भईरहेको छ ।’

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वर्षायामको शुरूवातसँगै आगलागी, बाढी, पहिरो, महामारी लगायत विपद्जन्य जोखिमहरूको न्युनिकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभको तयारीका बारेमा छलफल भएको थियो ।


प्रकाशित मिति: १० बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?