Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

विद्युत उत्पादन अनुमति पाउनै ७–१० वर्ष लाग्नेछः उर्जा उत्पादक जोशी


काठमाडौँ । उर्जा उत्पादक सुमन जोशीले जलविद्युत आयोजनाहरूको अनुमति पत्र (लाईसेन्स) प्राप्त गर्ने प्रक्रिया अत्यन्तै झन्झटिलो रहेको बताएकी छिन् ।

सुदूरपश्चिम प्रदेशमा जलविद्युत आयोजना निर्माणका सम्भावना तथा चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एउटा आयोजनाको निर्माण अनुमति पाउनु अघिको सरकारी कागजी प्रक्रिया पूरा गर्न मात्रै ७ देखि १० वर्ष लाग्ने गरेको बताइन् । जोशीकाअनुसार निर्माण अनुमति नपाउन्जेल प्रवद्र्धकहरू फिल्डमा गएर काम गर्न पाउँदैनन् । लाइसेन्स प्राप्त गर्ने चार वटा मुख्य चरणहरू पार गर्नुपर्ने र यसमा पीपीए (विद्युत खरिद सम्झौता), वातावरणीय अध्ययन र स्थानीय समस्याहरूलाई गणना नगर्दा पनि एक दशकको समय कागजी काममै बित्ने गरेको बताइन् ।

उर्जा उत्पादक जोशीले भनिन्,‘लाईसेन्सको यो दुरी पार गर्न र लाईसेन्सको खुड्किलो मात्र उफ्रिनको लागि ७ देखि १० वर्ष त सरकारी कागज र दस्तावेज बनाउँदै लाग्छ । त्यसकारणले एउटा मैले यहाँ अहिले भनेर भने पनि यो झोलामा खोला भन्दा पनि यसमा लाग्ने प्रक्रिया, यो कन्स्ट्रक्सन लाईसेन्स नपाउन्जेलसम्म हजुर फिल्डमा जान सक्नुहुन्न, कन्स्ट्रक्सन लाइसेन्स पाउन्जेलसम्ममा सरकार द्वारा बनाइएका कागजातहरु बनाउन यो चारवटा लाईसेन्सका मात्र, पीपीएका ईन्भार्नमेन्टल स्टडीका लोकल इस्युका त यसमा कुरै गरेको छैन, लाईसेन्सको मात्र चारवटा यो स्टेज पार गर्नुपर्छ ।’

जोशीले नेपालका सातै प्रदेशमा विभिन्न चरणमा रहेका जलविद्युत आयोजनाहरूको तथ्यांक प्रश्तुत गरेकी छिन् । उनकाअनुसार हाल देशभरि ८ सय ६७ वटा परियोजनाहरू विभिन्न चरणमा छन्, जसको कुल क्षमता ४१ हजार ७६५ मेगावाट रहेको छ ।

प्रदेशगत हेर्दा कोशी प्रदेशमा झन्डै १० हजार मेगावाट, मधेस प्रदेशमा ३ सय १४ मेगावाट, वागमती प्रदेशमा ६,१०० मेगावाट, गण्डकी प्रदेशमा ७ हजार ९०० मेगावाट, लुम्बिनी प्रदेशमा झन्डै २ हजार मेगावाट, कर्णाली प्रदेशमा ९ हजार ३०० मेगावाट, सुदूरपश्चिम प्रदेश ५ हजार ७१८ मेगावाट परियोजना रहेको जोशीले जानकारी दिइन् । सुदूरपश्चिम प्रदेशमा मात्रै हाल ६१ वटा परियोजनाहरूले सर्वेक्षणका लागि आवेदन दिने, अनुमति प्राप्त गर्ने चरणमा जान लागेको उनको भनाइ छ ।

जोशीले सुदूरपश्चिम प्रदेशको उदाहरण दिँदै १ हजार ११७ मेगावाटका ११ वटा परियोजनाहरू निर्माणका लागि तयारी अवस्थामा रहेको जानकारी दिएकी छिन् । कतिपय आयोजनाहरूले बाटो खन्ने र क्याम्प बनाउने काम गरिरहे पनि मुख्य समस्या प्रशारण लाइनको रहेको उनको भनाइ छ । जबसम्म प्रसारण लाइनको समस्या हट्दैन तबसम्म ती १ हजार ११७ मेगावाटका आयोजनाहरू अगाडि बढ्न नसक्ने उनले बताइन् ।

जलविद्युत विकासका लागि नीतिगत सरलीकरण र पूर्वाधार (प्रसारण लाइन) निर्माणमा तीव्रता दिनुपर्नेमा पनि जोडदिएकी छिन् ।


प्रकाशित मिति: १० बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?