Trending
>>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन >>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग >>   नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्बिरसहित) >>   आइजिपि नियुक्तिबारे ओलीः उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला >>   न्याय सम्पादनमा ढिलाइ र फैसला कार्यान्वयनमा देखिएका समस्या अन्त्य गर्न जरुरीः मन्त्री गौतम >>   मुलुक ‘सर्वसत्तावाद’ तर्फ धकेलियोः राप्रपा अध्यक्ष लिङदेन >>   जोखिमयुक्त विद्यालयको स्थानान्तरण गर्ने क्रम शुरु भएको छः शिक्षा मन्त्रालय >>   शव पहिचानका लागि पहिलोपटक डीभीआई टोली गठन, डीएनए परीक्षण उपकरणसमेत ल्याइयो >>   राष्ट्रिय ख्रिष्टियन महासंघमा विवादः अनाधिकृत समूहद्वारा कीर्ते र कब्जाको प्रयास भइरहेको महासंघको दाबी
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

महाधिवेशनबाट युवा नेतृत्वलाई प्राथमिकता दिने संयोजक दाहालको घोषणा


महाधिवेशनबाट युवा नेतृत्वलाई प्राथमिकता दिने संयोजक दाहालको घोषणा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी असोज महिनामा पार्टीको महाधिवेशन गरी युवालाई नेतृत्व सुम्पिने योजना रहेको बताएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । संयोजक दाहालले पार्टीभित्र हुर्केका गलत प्रवृत्तिहरूलाई फोहोरमैलाको संज्ञा दिँदै त्यसलाई सफा गरेर अघि बढ्ने उद्घोष गरेका छन् । उनले जनताको घृणाले नभई नुहाइधुवाइ गरेर आऊ भनी जनताले सवक सिकाएको रूपमा पछिल्ला निर्वाचन परिणामहरूलाई बुझ्नुपर्ने बताए । आगामी असोजभित्र सम्पन्न हुने महाधिवेशनले तलदेखि माथिसम्म युवा र गतिशील नेतृत्वलाई स्थापित गर्ने उनको योजना छ । पुराना पुस्ताले नयाँ भुमिका खोज्नुपर्ने र नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने वैचारिक बहस पार्टीमा चलिरहेको उनले जानकारी दिए । दाहालकाअनुसार सच्चिने संकल्प गर्नेहरू मात्र पार्टीमा रहने र रडाको गर्नेहरू बाहिरिए पनि फरक नपर्ने कठोर नीति अब अवलम्वन गरिनेछ ।

उनले भने, ‘ हामीले विगतमा कहिँ न कहिँ केही न केही त्रुटि गरेकै छौँ। हामी अहिले त्यसको आत्मचिन्तन, आत्ममन्थनमा छौँ । तपाईँहरूलाई थाहा छ हामी अहिले पार्टीको त्यस्तै बैठकमा बडो खुलास्त ढङ्गले सबै कमरेडलाई आफूलाई लागेका विचारहरू राख्ने अवसरको रूपमा किनभने यो ऐतिहासिक मोडमा हामी छौँ। जनताले हामीलाई केही न केही सबक सिकाउन खोजेको छ। जनताले सिकाउन खोजेका ती शिक्षालाई हामीले ग्रहण गर्ने अवसरको रूपमा लिनुपर्दछ। त्यसकारण हामी त्यही प्रक्रियामा छौँ। म अहिले अरु लामो व्याख्या नगरिकन हामी कुन ओरिएन्टेसनतिर जाँदै छौँ त, पहिला आफ्नै पार्टीका कमीकमजोरी सच्याएर यसलाई पुनर्गठन गर्ने, नयाँ युवाहरूलाई प्राथमिकताका साथ आउने महाधिवेशनसम्म जाँदा तलदेखि माथिसम्म युवा र गतिशील नेतृत्वलाई प्राथमिकता दिने, हामी पुराना पुस्ताकाले पनि कुनै न कुनै भूमिका भएपनि अहिलेसम्म खेलेको रूप र भूमिकालाई नयाँ रूप र भूमिकामा प्रश्तुत गर्ने गरी छलफल गर्दै छौँ र हामी महाधिवेशन ६ महिनाभित्र हामीले भनेका छौँ । सकेसम्म आउने असोजभित्र महाधिवेशन सम्पन्न गर्ने र नयाँ ढङ्गले यो पार्टीलाई पुनर्गठन गर्ने प्रक्रिया शुरु भएको छ। पहिलो। दोस्रो हामीले यो बदलिएको देशको राजनीतिक जटिल परिस्थितिमा वामपन्थी र कम्युनिस्ट आन्दोलनको समग्र रूपान्तरण र पुनर्गठन पनि आवश्यक छ ।’

कम्युनिष्ट आन्दोलनको पुनर्गठन आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए । देशमा छरिएर रहेका विभिन्न कम्युनिष्ट घटकहरूलाई एउटै केन्द्रमा ल्याउन आफूले पहल शुरु गरिसकेको जानकारी दिएका छन् । संविधान सभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीको रक्षाका लागि सबै परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिनु पर्ने उनको तर्क छ । उनले आगामी असोजभित्र पार्टीको महाधिवेशन सम्पन्न गरी नयाँ संरचनामा जाने र वामपन्थी एकतालाई निष्कर्षमा पुर्याउने दाबी समेत गरेका छन् ।


प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?