Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सरकारको लक्षण राम्रो देखिएन, जनता सन्तुष्ट छैनन्ः माधव नेपाल


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सरकार गठनको केही समय भइसक्दा पनि जनताका चाहना र आकांक्षाहरू पूरा हुने संकेत नदेखिएको उनको दाबी छ । बुधवार नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारका सामु समाजवादको दिशामा अगाडि बढ्ने कि पुरानै बाटोमा हिँड्ने भन्ने गम्भीर प्रश्न खडा भएको बताएका छन् । देशलाई विकास र परिवर्तनको बाटोमा लैजान कम्युनिष्टहरूले नै पहलकदमी लिनुपर्ने तर वर्तमान अवस्थाले निराशा मात्रै जन्माएको उनको भनाइ छ । नेता नेपालले राजनीतिमा व्याप्त बेथितिहरू अन्त्य गर्न सरकारका प्रयासहरू पर्याप्त नभएको उल्लेख गरेका छन् ।

उनले भने, ‘मर्निङ शोज द डे भनिन्छ, तर सरकारको लक्षण राम्रो देखिएको छैन । समाजमा विद्यमान असमानता, भेदभाव र अन्याय अन्त्य गर्ने सवालमा सरकार अहिलेसम्म मौन जस्तै देखिन्छ । जनतामा कुनै उत्साह र सन्तुष्टि पाउन सकिँदैन । हामीले हेरिरहेका छौं, जनताले कस्तो परिवर्तन खोजेका छन् । जतिसुकै ठूला गफ हाँके पनि जनताको मनोभावना बुझ्न नसक्ने सरकार सफल हुन सक्दैन ।’

उनले आफ्नो पार्टीले देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन संघर्ष जारी राख्ने र सरकारको गतिविधिलाई नजिकबाट अनुगमन गरेर अगाडि बढ्ने रणनीति रहेको संकेत गरेका छन् ।


प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?