Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

एफएनसीसीआईको ६० औँ साधारण सभामा सहभागि गराउन माग गर्दै १८ वटा वस्तुगत संघहरुको प्रदर्शन


विभिन्न १८ वटा वस्तुगत संघ तथा महासंघहरुले उद्योग वाणिज्य महासंघको आसन्न सधारण सभामा सहभागि गराउन माग गर्दै प्रदर्शन गरेका छन् । संस्थाहरुलाई सहभागी गराएर मात्रै उद्योग वाणिज्य महासंघको सधारण सभा गराउन माग गर्दै १८ वटा वस्तुगत संघ तथा महासंघहरुले बुधवार महासंघको कार्यालयअघि प्रदर्शन गरेका हुन् । यसअघि पाटन उच्च अदालतबाट १८ वटा वस्तुगत संघ तथा महासंघहरुलाई महासंघको निर्वाचनमा सहभागिता गराउनु भन्ने अन्तरिम आदेश गरेको थियो । वस्तुगत संघहरुले आफूहरूले महासंघको निर्णयअनुसार विधिवत सदस्यता प्राप्त गरेको र महासंघको ५९ औं वार्षिक साधारणसभामा सहभागी भई निर्णय प्रक्रियामा हस्ताक्षरसमेत गरेको भन्दै आगामी साधारणसभामा आफूहरुलाई सहभागी गराउन माग गरेका छन् । नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघका अध्यक्ष टिकाप्रसाद घिमिरेले सदस्यता नविकरण गर्न उद्योग वाणिज्य महासंघले नमानेको कारण आफूहरु आन्दोलनमा उत्रिएको बताउनुभयो । एफएनसीसीआईले कार्यक्षेत्र जुधेको भएपनि अन्य संस्थाहरुको सदस्यता नविकरण गरेको त आफूहरुलाई सदस्यता दिन नमानेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो संस्थालाई हटाउने, सदस्यता नविकरण नगर्ने, एउटै कार्यक्षेमा जुधेका संस्थाहरुलाई चाँही सदस्यता दिने अनि हामीलाई नदिने महासंघको प्रवृत्ति विरुद्ध हामी आन्दोलनमा आएका हौँ । त्यसकारण अन्य सदस्यहरुको सरह हामी पनि कायम रहनुपर्छ भन्ने हाम्रो माग हो ।’ महासंघको ६० औं वार्षिक साधारण सभा यही वैशाख २१ र २२ गते काठमाडौंमा हुँदैछ ।

काठमाडौँ। विभिन्न १८ वटा वस्तुगत संघ तथा महासंघहरुले उद्योग वाणिज्य महासंघको आसन्न सधारण सभामा सहभागि गराउन माग गर्दै प्रदर्शन गरेका छन् ।

संस्थाहरुलाई सहभागी गराएर मात्रै उद्योग वाणिज्य महासंघको सधारण सभा गराउन माग गर्दै १८ वटा वस्तुगत संघ तथा महासंघहरुले बुधवार महासंघको कार्यालयअघि प्रदर्शन गरेका हुन् । यसअघि पाटन उच्च अदालतबाट १८ वटा वस्तुगत संघ तथा महासंघहरुलाई महासंघको निर्वाचनमा सहभागिता गराउनु भन्ने अन्तरिम आदेश गरेको थियो । वस्तुगत संघहरुले आफूहरूले महासंघको निर्णयअनुसार विधिवत सदस्यता प्राप्त गरेको र महासंघको ५९ औं वार्षिक साधारणसभामा सहभागी भई निर्णय प्रक्रियामा हस्ताक्षरसमेत गरेको भन्दै आगामी साधारणसभामा आफूहरुलाई सहभागी गराउन माग गरेका छन् । नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघका अध्यक्ष टिकाप्रसाद घिमिरेले सदस्यता नविकरण गर्न उद्योग वाणिज्य महासंघले नमानेको कारण आफूहरु आन्दोलनमा उत्रिएको बताएका छन् । एफएनसीसीआईले कार्यक्षेत्र जुधेको भएपनि अन्य संस्थाहरुको सदस्यता नविकरण गरेको त आफूहरुलाई सदस्यता दिन नमानेको आरोप लगाएका छन् ।

उनले भने, ‘हाम्रो संस्थालाई हटाउने, सदस्यता नविकरण नगर्ने, एउटै कार्यक्षेमा जुधेका संस्थाहरुलाई चाँही सदस्यता दिने अनि हामीलाई नदिने महासंघको प्रवृत्ति विरुद्ध हामी आन्दोलनमा आएका हौँ । त्यसकारण अन्य सदस्यहरुको सरह हामी पनि कायम रहनुपर्छ भन्ने हाम्रो माग हो ।’

महासंघको ६० औं वार्षिक साधारण सभा यही वैशाख २१ र २२ गते काठमाडौंमा हुँदैछ ।


प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?