३० चैत्र, काठमाडाैँ । नेपाली बजारमा बिहीबार सुनचाँदी मूल्य स्थिर छ । यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ। यसअघि बुधबार सुनको करोबार सोही मूल्यमा किनबेच भएको थियो ।
बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ। चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।
प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार