Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

काँग्रेस संसदीय दल नेता चयनमा ढिलाइप्रति सांसदहरुको असन्तुष्टि


काँग्रेस संसदीय दल नेता चयनमा ढिलाइप्रति सांसदहरुको असन्तुष्टि

काठमाडौँ । संसदीय दलको नेता चयन गर्न ढिलाई भएको भन्दै नेपाली काँग्रेसका सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको सांसदहरुको बैठकमा बोल्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । सांसद अर्जुननरसिंह केसीकाअनुसार बैठकमा ३८ सांसदमध्ये २६ जना सांसदहरुले संसदीय दलको नेता चयन प्रक्रिया छिटो टुंग्याउनुपर्ने धारणा राखेका छन् । उनले दलभित्र सहमतिका आधारमा दलको नेता चयन हुनुपर्नेमा जोड दिएका छन् । सबै सांसदले नेतृत्वमा दाबी गर्नसक्ने भएपनि सहमतिको बाटो रोज्दै निष्कर्षमा पुग्नुपर्ने उनको मत छ । उनले संसदीय दलको नेता चयन प्रक्रिया चाँडो टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको बताउँदै सम्भतः आगामी हप्ताभित्र नेता चयन भइसक्ने बताएका छन् ।

उनले भने, ‘३८ जना माननीयमध्ये २४,२५ जनाले बोल्नुभयो । सबैजनाले संसदीय दलको नेता चयनमा ढिलो भएको भन्ने गुनासो राख्नुभयो । र यसमा सहमतिपूर्ण ढंगले निष्कर्ष निकालौँ भन्ने सबैको मत थियो । नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो । त्यसकारण सबै सांसदको दलको नेता हुने दाबी पुग्छ । त्यसका सबै साथिहरुको दाबीलाई सँगसँगै राखेर सहमति गरौँ भन्ने दाबी भएको छ । संसदीय दलको नेता चयन प्रक्रियालाई चाँडो टुंग्याउने भन्ने विषयमा नै आजको छलफल केन्द्रित रह्यो । अब भोलि शनिवार नै भयो । अर्को हप्ताभित्रमा हामी यसलाई टुंग्याउँछौँ ।’

सहमतिमार्फत दलको नेतामा सहमति नजुटे निर्वाचन प्रक्रियामार्फत अघि बढ्ने उनको भनाइ छ ।


प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?