Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने निगमका कर्मचारीले खल्ती भएका लुगा लगाउन नपाउने


३० चैत्र, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने नेपाल वायु सेवा निगमका कर्मचारीले खल्ती भएका लुगा लगाउन नपाउने भएका छन् ।

यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले कर्मचारीलाई अबदेखि खल्ती भएको लुगा लगाउन रोक लगाएको हो । त्यस्तै, ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन समेत लगाइएको छ ।

निगमले लगेजसम्बन्धी गुनासा सुनुवाइका लागि विमानस्थलको ब्यागेज ह्याण्डलिङ युनिटलाई सक्रिय गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका ब्यागेज नै च्यातेर सामानहरू हराउने समस्या पुरानै हो । मुख्यगरी विदेशबाट आएका मानिसहरूको सामान हराउने गुनासो दैनिक जसो नै आउने गरेको छ ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?