Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने निगमका कर्मचारीले खल्ती भएका लुगा लगाउन नपाउने


३० चैत्र, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने नेपाल वायु सेवा निगमका कर्मचारीले खल्ती भएका लुगा लगाउन नपाउने भएका छन् ।

यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले कर्मचारीलाई अबदेखि खल्ती भएको लुगा लगाउन रोक लगाएको हो । त्यस्तै, ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन समेत लगाइएको छ ।

निगमले लगेजसम्बन्धी गुनासा सुनुवाइका लागि विमानस्थलको ब्यागेज ह्याण्डलिङ युनिटलाई सक्रिय गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका ब्यागेज नै च्यातेर सामानहरू हराउने समस्या पुरानै हो । मुख्यगरी विदेशबाट आएका मानिसहरूको सामान हराउने गुनासो दैनिक जसो नै आउने गरेको छ ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?