Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बालबालिकासम्बन्धि मुद्दाको सुनुवाई बाल अदालतबाटै गर्ने सरकारको तयारी


बालबालिकासम्बन्धि मुद्दाको सुनुवाई बाल अदालतबाटै गर्ने सरकारको तयारी

काठमाडौँ। सरकारले बालबालिकासम्बन्धि मुद्दाको सुनुवाई बाल अदालतबाटै गर्ने प्रश्ताव गरेको छ ।

आईतवार काठमाडौंमा आयोजित बालबालिकासम्बन्धि ऐन, २०७५ तथा नियमावली, २०७८ संशोधन सम्बन्धि सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सो जानकारी दिएका छन् । उच्च अदालतमा पुनरावेदनमा जान सक्ने गरी सो सम्बन्धि मुद्दा बाल अदालतमा नै हेर्ने व्यवस्था गर्न लागिएको उनले स्पष्ट पारे । त्यसैगरी सो सम्बन्धि संशोधन प्रश्तावमा कुनै व्यक्ति वा संस्थाले झुटो विवरण पेश गरी बालबालिकालाई बाल गृहमा राखेको पाइएमा प्रतिबालिबालिका ५० हजार जरिवाना गर्ने व्यवस्था पनि गर्न लागिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बुढाले सो सम्बन्धि प्रस्तावमा आफ्नो राय, सुझाव दिनका लागि विज्ञहरुलाई आग्रह समेत गरेका छन् ।

उनले भने,‘कसैले बालबालिकाको अधिकार हनन ग¥योभने सिधै उच्च अदालतमा निवेदन गर्ने व्यवस्था छ अहिले कानूनमा । त्यो अलि व्यवहारिक भएन भनेर त्यसलाई बाल अदालतमा राख्ने भनेर प्रश्ताव गरिएको छ । बाल अदालतबाट भएको फैसलाको पुनरावेदन बरु उच्च अदालतमा हुन्छ भन्ने व्यवस्था गर्न लागिएको हो । बालबालिकाहरुलाई अनाथ वा असहाय भनेर झुटो विवरण पेश गरी बालगृहमा राख्ने कामलाई नियन्त्रण गर्नका लागि त्यस्तो भएको पाईएमा प्रतिबालबालिका ५० हजार जरिवानासहित क्षतिपूर्ति भरण गराउने भनिएको छ ।’

प्रवक्ता बुढाले बालबालिका सम्बन्धि ऐन कानूनलाई समयको मागअनुसार संशोधन गर्नका लागि सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गरिरहेको पनि बताएका छन् ।


प्रकाशित मिति: २९ चैत्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?