Trending
>>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन >>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल घटाउन आवश्यकः स्वास्थ्य सचिव देवकोटा


नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल घटाउन आवश्यकः स्वास्थ्य सचिव देवकोटा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नीति निर्माण र कार्यान्वयनका बीचमा देखिएको खाडल कम गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’ समापन समारोहमा सम्बोधन गर्दै सचिव देवकोटाले नीतिहरुको कार्यन्वयनमा जोड दिनुपर्ने बताएका छन् । उनले देश स्थिरताको चरणतर्फ उन्मुख रहेकोको उल्लेख गर्दै नयाँ सोचसहितको प्रणाली लागू गर्ने अवसर आएको बताएका छन् । तथ्यमा आधारित निर्णय प्रक्रियाले मात्र स्वास्थ्य सेवामा सुधार सम्भव हुने उनको भनाइ छ । उनले सुशासनसँग जोडिएर निति नियम निर्माण गर्ने र त्यसको कार्यन्वयन गरी सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । परिवर्तनको सानो काम बाट नै सुरुवात हुने भन्दै उनले शुरुमा आफ्नो व्यक्तिगत व्यवहारमा सुधार गर्न आग्रह गरेका छन् । उनले परिषद्लाई अझ प्रभावकारी बनाउँदै देशव्यापी रूपमा विस्तार गर्नुपर्ने बताए । अनुसन्धान, कार्यान्वयन र अनुगमन एउटै थलोबाट समन्वय हुने परिषद्को संरचना अझ बलियो बनाउनुपर्ने उनको भनाई छ । युवाहरूको अनुसन्धानमा सहभागिता बद्दो रुपमा रहेको उल्लेख गर्दै उहाँले सेवा विस्तारमा थप ध्यान दिनुपर्ने बताए । उनले आगामी दिनमा हुने अनुसन्धानहरू सरकारको १०० बुँदे कार्यदिशा र सम्मेलनको घोषणापत्रसँग जोडिनुपर्नेमा उनले जोड दिँदै त्यसबाट स्वास्थ्य सेवाको गुणस्तरमा ठोस सुधार ल्याउन सकिने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘अहिले हामी फरक स्थितिमा छौँ, अलिकति स्थिरतातिर देश गएको छ । नयाँ कुराहरु छन्, हामीले धेरै काम ग¥यौँ, त्यसको समिक्षा ग¥यौँ । अब कसरी जानुपर्छ भनेर नयाँ सोचसहितको सिष्टम आईसकेको हुनाले त्यसलाई पनि आधार मानेर हामीले फ्याक्टहरु निर्माण गर्नुपर्नेछ । एनएचआरसीले राम्रो गरिरहेको छ, हरेक वर्ष यहाँहरुकै संलग्नतामा राम्रो काम भईरहेको छ । तर अझ पनि म फोकस के मा गर्न चाहन्छु भने एउटै थलो जसबाट एआरपीपनि हुन्छ, जसबाट काम पनि हुन्छ, जसले निरिक्षण अनुगमनपनि गर्छ, त्यत्रो ठुलो जिम्मेवारी बोकेको संस्था अलिकति देशव्यापी रुपमा प्रदेशमा अलि बढी समेटिनुपर्छ । अहिले धेरै युवाहरु रिर्सचको लागी काम गरिराख्नु भएको छ । अलि बढि सेवा विस्तारमा ध्यान दिनुपर्छ कि जस्तो मलाई लाग्छ । परिवर्तनको लागि ठूला कुरा र ठुलो सोच राख्ने त हो, तर सुरुवात चाँही सानोबाट हुनुपर्छ । सबैभन्दा पहिला हामीले आफ्नो व्यवहारमा परिवर्तन गर्न जरुरी छ । आगामी दिनमा हुने रिसर्च सरकारको १०० बुँदे कार्यदिशा र यहाँको घोषणापत्रको आधामा हुनुपर्छ, त्यसो भएमा हामीले हाम्रा सेवाहरुमा सुधार गर्नसक्छौँ ।’

उनले परिषद्लाई सरकारले जारी गरेको १०० बुँदे कार्यदिशा र सम्मेलनको घोषणापत्रसँगका आधारमा आगामी वर्षको बजेट तथा निति कार्यक्रम बनाउन आग्रह गरेका छन् ।


प्रकाशित मिति: २९ चैत्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?