Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिकः पारिवारिक विवाद र अंश मुद्दा मुख्य कारण


सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिकः पारिवारिक विवाद र अंश मुद्दा मुख्य कारण

काठमाडौँ । कास्की प्रहरीले सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सभागृह चोक नजिकै घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) नविन कार्कीले पत्रकार सम्मेलनमार्फत घटनाको विस्तृत विवरण र अभियुक्तहरूको पहिचान सार्वजनिक गरेका छन् । गत चैत २७ गते साँझ करिव ७ः०६ बजे सिर्जना पौडेल केसी आफ्नो मासु पसल बन्द गरेर पैदल घरतर्फ जाँदै गर्दा पोखरा–बागलुङ सडक खण्डको शिवालय चोक नजिकै उनीमाथि धारिलो हतियार (खुकुरी) प्रहार भएको थियो । अभियुक्तहरूले दिउँसोदेखि नै निगरानी गरेर एकान्त र अँध्यारो ठाउँ रोजेर पछाडिबाट आक्रमण गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको मुख्य कारण पारिवारिक झैझगडा र अंश मुद्दा रहेको खुलेको छ । मृतक सिर्जनाले ९ वर्षअघि कृष्ण क्षेत्रीसँग दोस्रो विवाह गरेकी थिइन् ।

उनले भने, ‘हामीले विभिन्न म्यानुअल्ली र टेक्निकल्ली विश्लेषण गरेर सुक्ष्म रुपले सूचनाहरु संकलन गरी अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएका छौँ । यो एक योजनावद्ध हत्या भएको देखिन्छ ।’

कृष्णका जेठी श्रीमतीतर्फका छोराछोरी र सिर्जनाबीच सम्पतीको विषयमा विवाद रहेको देखिएको एसपी कार्कीले जानकारी दिएका छन्


प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?