Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन, रवि लामिछानेको आश्वासनमा उम्मेदवारी दियौँः राप्रपा नेता शाही


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेको आश्वासनपछि मात्रै आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको खुलासा गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा उपसभामुखमा पदमा सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्दै उनले यस्तो खुलाएका हुन् । शाहीले उपसभामुखको उम्मेदवारीले संसदमा पुराना र नयाँ भनिएका दलहरूको चरित्र उजागर गरेको दाबी गरेका छन् । उनले रास्वपाको धोकाले नयाँ र पुराना दलहरुको साइनबोर्ड मात्र फरक तर नीतिगत विचार एउटै भएको पुष्टि भएको टिप्पणी गरेका छन् । उनले उपसभामुख पदमा पार्टीको तर्फबाट दिइएको उम्मेदवारी केवल पदका लागि नभई आयातित व्यवस्था मान्नेहरू र विदेशीको गोटी बन्ने प्रवृत्ति विरुद्धको संघर्ष भएको पनि टिप्पणी पनि गरेका छन् ।

उनले भने, ‘रास्वपा सभापतिबाटै आश्वासन प्राप्त भएपछि पार्टी संसदीय दलको सर्वसम्मत निर्णयबाट उपसभामुख पदमा उम्मेदवारी दिएका हौँ । आजको हाम्रो उम्मेदवारीले राजनीतिमा कित्ता क्लियर बनाएको छ । हिजोका पुराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरु फरक फरक भएपनि उनीहरुबीचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको छ । यो व्यवस्थाको विकल्पमा मौलिक व्यवस्था खोजिरहेको र यही आयातित व्यवस्थालाई टालटुल गर्नुपर्ने भन्ने स्पष्ट कित्ता छुट्टिएको हामीले महशुस गरेका छौँ । हाम्रो उम्मेदवारी केवल एक थान उपसभामुखको लागि मात्र थिएन । यो त आयातित व्यवस्था मान्नेहरु र विदेशीको गोटी भइरहनेहरुका प्रवृत्तिका विरुद्ध थियो ।’

रास्वपा सभापति लामिछानेको ग्रीन सिग्नलपछि बिहीवार राप्रपा सांसद लामाले उपसभामुख पदमा उम्मेदवारी दिएकी थिइन् ।


प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?