Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

काठमाडौंमा नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन शुरु


काठमाडौंमा नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन शुरु भएको छ । शुक्रवार सो सम्मेलनको शुभारम्भ गरिएको हो । नेपाली भाषाका समालोचक प्रा. डा. वासुदेव त्रिपाठीको नेतृत्वमा शुरु भएको सो सम्मेलन ३ दिनसम्म चल्ने नई एकेडेमीका सदस्य सचिव नरेन्द्र प्रसाईंले जानकारी दिनुभयो । उहाँले सो सम्मेलन नेपाली साहित्यको व्याख्या, विश्लेषण गर्ने एउटा थलोको रुपमा रहने बताउनु भयो । सदस्य सचिव प्रसाईंले भन्नुभयो,‘नेपाली साहित्यको जरादेखि अहिलेसम्मको अवस्थालाई व्याख्या विश्लेषण गर्ने र त्यो इतिहासलाई देखाउने एउटा स्वर्णिम क्षणमा हामी उपस्थित भएका छौँ । २०३१ सालमा त्रिभूवन विश्वविद्यालयबाट नेपाली भाषा, साहित्यमा विद्यावारिधी गर्ने श्रद्धेय महासमालोचक वासुदेव त्रिपाठी हुनुहुन्छ । र यो सम्मेलनको मुख्य एजेण्डा यसको खाका पनि नेपाल तथा भारतका विश्वविद्यालयहरुबाट विद्यावारिधि गर्ने प्राज्ञहरुको उपस्थिति हो । र त्रिभूवन विश्वविद्यालयमा रहेर प्राध्यापक हुनु भएका श्रद्धेय शिवगोपाल रिसाल, आदरणीय मित्र केशव सुवेदी लगायतका प्राध्यापकहरु पनि उपस्थिति रहेको छ । दर्जनौ विद्यावारिधि गर्नेहरुको पनि उपस्थिति छ ।’ सम्मेलनमा उच्च शिक्षामा नेपाली भाषा साहित्यको अध्यापन तथा अनुसन्धान गरिने भारतका १३ वटा विश्वविद्यालय र नेपालका ६ वटा विश्वविद्यालयका दस्तावेजहरुमाथि गहन छलफल गरिने बताइएको छ । नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने २५ जना प्रतिनिधि प्राज्ञहरुमा सम्बोधन गर्नुहुने पनि सो एकेडेमीले जनाएको छ ।

काठमाडौँ । काठमाडौंमा नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन शुरु भएको छ ।

शुक्रवार सो सम्मेलनको शुभारम्भ गरिएको हो । नेपाली भाषाका समालोचक प्रा. डा. वासुदेव त्रिपाठीको नेतृत्वमा शुरु भएको सो सम्मेलन ३ दिनसम्म चल्ने नई एकेडेमीका सदस्य सचिव नरेन्द्र प्रसाईंले जानकारी दिए । उनले सो सम्मेलन नेपाली साहित्यको व्याख्या, विश्लेषण गर्ने एउटा थलोको रुपमा रहने बताएका छन् ।

सदस्य सचिव प्रसाईंले भने,‘नेपाली साहित्यको जरादेखि अहिलेसम्मको अवस्थालाई व्याख्या विश्लेषण गर्ने र त्यो इतिहासलाई देखाउने एउटा स्वर्णिम क्षणमा हामी उपस्थित भएका छौँ । २०३१ सालमा त्रिभूवन विश्वविद्यालयबाट नेपाली भाषा, साहित्यमा विद्यावारिधी गर्ने श्रद्धेय महासमालोचक वासुदेव त्रिपाठी हुनुहुन्छ । र यो सम्मेलनको मुख्य एजेण्डा यसको खाका पनि नेपाल तथा भारतका विश्वविद्यालयहरुबाट विद्यावारिधि गर्ने प्राज्ञहरुको उपस्थिति हो । र त्रिभूवन विश्वविद्यालयमा रहेर प्राध्यापक हुनु भएका श्रद्धेय शिवगोपाल रिसाल, आदरणीय मित्र केशव सुवेदी लगायतका प्राध्यापकहरु पनि उपस्थिति रहेको छ । दर्जनौ विद्यावारिधि गर्नेहरुको पनि उपस्थिति छ ।’

सम्मेलनमा उच्च शिक्षामा नेपाली भाषा साहित्यको अध्यापन तथा अनुसन्धान गरिने भारतका १३ वटा विश्वविद्यालय र नेपालका ६ वटा विश्वविद्यालयका दस्तावेजहरुमाथि गहन छलफल गरिने बताइएको छ । नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने २५ जना प्रतिनिधि प्राज्ञहरुमा सम्बोधन गर्नुहुने पनि सो एकेडेमीले जनाएको छ ।


प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?