Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

भ्रष्टाचार अन्त्य र चुस्त सेवा प्रवाह नै सरकारको प्राथमिकताः राष्ट्रपति


राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकले राज्यको अनुभूति गर्न पाउने गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारलाई आग्रह गर्नुभएको छ । संघीय संसदका संयुक्त सदनलाई सम्बोधन गर्दै उहाँले जनताले उत्तरदायी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणालीको तिब्र आकांक्षा राखेको बताउनुभएको हो । राष्ट्रपति पौडेलले सुशासनको प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताले गरेको आन्दोलनपछिको जटिल परिस्थितिलाई चिर्दै निर्वाचन सम्पन्न हुनु सकारात्मक कदम भएको बताउनु भयो । भ्रष्टाचारको अन्त्य, विधिको शासन, र दण्डहीनताको अन्त्यका लागि संसदले नागरिक केन्द्रित र जनकल्याणकारी कानून निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निर्माण भएका कानूनको मर्म र भावना अनुरूप प्रभावकारी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेमा आफू विश्वस्त रहेको पनि उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपतिले न्यायपालिकाबाट हुने न्याय सम्पादन छिटो, छरितो र निष्पक्ष भएमा मात्र शहीदहरूप्रति साँचो सम्मान हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘ नेपाली जनताले पटक पटक गरेका ऐतिहासिक आन्दोलन र पछिल्लो पटकको जेनजी आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । विदेश पलायन भइरहेको युवा वर्गलाई आफ्नै देश र गाउँमा बसौं बसौं बनाउनु आजको मुख्य आवश्यकता हो । यसका लागि शैक्षिक प्रणालीमा सुधार र बजारको माग अनुरूपको जनशक्ति उत्पादनमा सरकारले विशेष ध्यान दिनेछ । सरकारी संयन्त्रमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नुपर्दछ ।’ आजका युवाको चाहना विगतभन्दा फरक र नयाँ रहेको औंल्याउँदै राष्ट्रपतिले परम्परागत श्रम क्षेत्रले मात्र अबको जनशक्तिको अपेक्षा पूरा गर्न नसक्ने बताउनु भयो । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी ‘देशमा केही हुँदैन’ भन्ने निराशाजनक धारणा बदल्न सरकार प्रतिवद्ध रहने उहाँको विश्वास छ ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकले राज्यको अनुभूति गर्न पाउने गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सरकारलाई आग्रह गरेका छन् ।

संघीय संसदका संयुक्त सदनलाई सम्बोधन गर्दै उनले जनताले उत्तरदायी, पारदर्शी र भ्रष्टाचारमुक्त शासन प्रणालीको तिब्र आकांक्षा राखेको बताएका छन् । राष्ट्रपति पौडेलले सुशासनको प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताले गरेको आन्दोलनपछिको जटिल परिस्थितिलाई चिर्दै निर्वाचन सम्पन्न हुनु सकारात्मक कदम भएको बताए । भ्रष्टाचारको अन्त्य, विधिको शासन, र दण्डहीनताको अन्त्यका लागि संसदले नागरिक केन्द्रित र जनकल्याणकारी कानून निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् । निर्माण भएका कानूनको मर्म र भावना अनुरूप प्रभावकारी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेमा आफू विश्वस्त रहेको पनि उनले उल्लेख गरे । राष्ट्रपतिले न्यायपालिकाबाट हुने न्याय सम्पादन छिटो, छरितो र निष्पक्ष भएमा मात्र शहीदहरूप्रति साँचो सम्मान हुने धारणा व्यक्त गरेका छन् ।

उनले भने, ‘ नेपाली जनताले पटक पटक गरेका ऐतिहासिक आन्दोलन र पछिल्लो पटकको जेनजी आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । विदेश पलायन भइरहेको युवा वर्गलाई आफ्नै देश र गाउँमा बसौं बसौं बनाउनु आजको मुख्य आवश्यकता हो । यसका लागि शैक्षिक प्रणालीमा सुधार र बजारको माग अनुरूपको जनशक्ति उत्पादनमा सरकारले विशेष ध्यान दिनेछ । सरकारी संयन्त्रमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नुपर्दछ ।’

आजका युवाको चाहना विगतभन्दा फरक र नयाँ रहेको औंल्याउँदै राष्ट्रपतिले परम्परागत श्रम क्षेत्रले मात्र अबको जनशक्तिको अपेक्षा पूरा गर्न नसक्ने बताए । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी ‘देशमा केही हुँदैन’ भन्ने निराशाजनक धारणा बदल्न सरकार प्रतिवद्ध रहने उनको विश्वास छ ।


प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?