Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

संविधान कार्यान्वयनको १० वर्षः फुटेर होइन जुटेर अघि बढ्न राष्ट्रपतिको आह्वान


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान कार्यान्वयनको १० वर्षको अभ्यास महत्वपूर्ण रहेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत हुँदै गएको बताएका छन्

यद्यपि, संविधानको मर्म र जनताको चाहना बमोजिम अझै धेरै काम गर्न बाँकी रहेको उनले स्वीकार गरेका हुन् । उनले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै विकास र समृद्धिको यात्रामा सबै राजनीतिक दल र राज्य संयन्त्रलाई एकजुट हुन आह्वान गरेका छन् उनले राष्ट्रिय एकताको आवश्यकतामा जोड दिएका छन् । समृद्धिको साझा लक्ष्य हासिल गर्न विगतका गल्तीहरूबाट सिक्दै अगाडि बढ्नुपर्ने र निराश जनशक्तिबाट मुलुकको उन्नति सम्भव नहुने भएकाले आशा जगाउने काम गर्न सरकारलाई उनले सुझाव दिए ।

राष्ट्रपति पौडेलले भने, ‘हामी फुटेर होइन जुटेर, विगतका कटुता कोट्याएर होइन त्यसबाट पाठ सिक्दै एकताबद्ध भई अघि बढ्नु पर्ने खाँचो छ ।’

सार्वभौम संसदले जनताको स्वतन्त्रता, सामाजिक न्याय र सुशासनको चाहनालाई पूरा गर्ने विश्वास उनको छ ।


प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?