Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

मध्य बेरुतमा इजरायलको भीषण हवाई आक्रमण


एजेन्सी । इजरायलले लेबनानको मध्य बेरुतस्थित तल्लेट एल खयात क्षेत्रको एउटा भवनलाई लक्षित गरी नयाँ हवाई आक्रमण गरेको छ ।

इजरायली सेनाले बेरुतमा एक हिजबुल्लाह कमाण्डर लाई निशाना बनाएको बताएको छ । सेनाकाअनुसार दक्षिणी लेबनानमा भएको भिडन्तमा एक इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । यससँगै मार्च २ देखि लेबनानमा मारिने इजरायली सैनिकहरूको कुल संख्या १२ पुगेको छ । इजरायलको कान टिभी न्युजले जनाएअनुसार मंगलवार लेबनानी गाउँ अत–तायबाहमा इजरायली छापा मार्ने क्रममा हिजबुल्लाह सदस्यहरूले गोली चलाउँदा एक सैनिकको मृत्यु भएको र पाँच जना घाइते भएका थिए । यसअघि बुधवार इजरायली सेनाले क्षेत्रीय द्वन्द्व शुरु भएयताकै लेबनानभरको सबैभन्दा ठूलो समन्वित आक्रमण सम्पन्न गरेको बताएको थियो । यो आक्रमण अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम लागू भएको केही घण्टापछि भएको हो । इजरायलले आफूले सो युद्धविरामको पालना गर्ने बताएको छ । यद्यपि इजरायल र संयुक्त राज्य अमेरिकाले उक्त युद्धविराम लेबनानको हकमा लागू नहुने बताएका छन् । जबकि सम्झौताको मध्यस्थता गरेको पाकिस्तान र इरानले भने यो लेबनानमा पनि लागू हुने दाबी गरेका छन् ।

लेबनानी नागरिक रक्षा (सिभिल डिफेन्स) द्वारा उपलब्ध पछिल्लो तथ्याङ्कअनुसार बुधवार लेबनानभर भएका इजरायली आक्रमणहरूमा कम्तीमा २ सय ५४ जनाको मृत्यु भएको छ र १ हजार १ सय ६५ जना घाइते भएका छन् । राजधानी बेरुतका घना बस्ती भएका क्षेत्रहरू यस आक्रमणबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।


प्रकाशित मिति: २६ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?