Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

युद्धले क्षतिग्रस्त मध्यपूर्वको पुनर्निर्माणमा नेपाली सिमेन्ट र निर्माण सामग्री निर्यात गर्न सकिन्छः शरदविक्रम राणा


काठमाडौँ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले मध्यपूर्वमा देखिएको पछिल्लो तनाव र द्वन्द्वका बीच नेपालका लागि निर्यातको ठूलो अवसर सिर्जना भएको बताएका छन् । खाडी क्षेत्रमा जारी युद्ध र तनावले तेल आपूर्तिमा समस्या देखिए पनि पुनर्निर्माणका लागि आवश्यक निर्माणजन्य सामग्रीको माग ह्वात्तै बढेको उनको भनाइ छ ।

राजधानीमा आयोजित उद्योगी व्यवसायीसँगको छलफलमा कार्यकारी निर्देशक राणाले मध्यपूर्वका देशहरूले पुनर्निर्माणका लागि नेपाली सिमेन्टको माग गरिरहेको बताएका छन् । सार्वजनिक मञ्चहरूमा व्यवसायीहरूले नेपाल सिमेन्टमा आत्मनिर्भर भएको र निर्यातका लागि पर्याप्त मौज्दात रहेको दाबी गरे पनि विदेशी माग आउँदा आपूर्ति गर्न नसकिएकोमा उनले आश्चर्य व्यक्त गरेका छन् । मध्यपूर्वका इरान र इजरायल जस्ता देशहरूले ठूलो परिमाणमा निर्माण सामग्रीको माग गरिरहेको उल्लेख गर्दै राणाले नेपालले राम्रो तयारी गरे यसको फाइदा लिनसक्ने बताए । कतिपय देशहरूले एकअर्कासँग आर्थिक कारोबार नगर्ने परिस्थितिले गर्दा नेपाल जस्ता मुलुकका लागि बजार विस्तार गर्ने यो सुनौलो अवसर भएको उनको विश्लेषण छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक राणाले भने, ‘खाडीमा देखिएको तनावले तेलको धेरै समस्या भइरहेका कुराहरु आइरहेका छन् । तर आगामी दिनमा सहजता पनि ल्याउँदैछ । केही समयका अघि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमा कुनै एक देशको राजदूत आउनुभएको थियो । पुनर्निर्माणका लागि मलाइ सिमेन्ट चाहियो । पुनर्निर्माणका लागि नेपालबाट सिमेन्ट लैजान्छु भनेर भन्नुभयो । हामी दिनै नसक्ने अवस्थामा रहेछौँ । सार्वजनिक फोरमहरुमा व्यवसायीहरुले सिमेन्ट पर्याप्त छ भन्नुहुन्छ खोइ त ? खाडीमा देखिएको तनावले कन्ट्रक्सन मेटिरियल (निर्माणजन्य सामाग्रीको ) यति ठूलो डिमाण्ड छ, मध्यपूर्वका कुनै देशले त अर्को कुनै देशसँग कुनै आर्थिक कारोबार नै गर्दैनन्, त्यसको फाइदा नेपाललाई छ । इरान, इजरायलले ठूलो परिणाममा निर्माणजन्य सामाग्रीको माग गरेका छन् ।’

मध्यपूर्वको लडाइँका क्रममा पानी प्रशोधन केन्द्रहरूमा समेत आक्रमण भएकाले त्यहाँ खानेपानीको ठूलो संकट पर्न सक्ने सम्भावना उनले औंल्याएका छन् । नेपालबाट पानी निर्यात गर्नसक्ने प्रचुर सम्भावना भए पनि हालको अवस्थामा केही प्राविधिक र नीतिगत कठिनाइ रहेको उनले बताए । सिमेन्ट र पानी बाहेक अन्य उपभोग्य वस्तुहरू पनि मध्यपूर्वको बजारमा निकासी गर्न सकिने प्रशस्त सम्भावना देखिएकाले निजी क्षेत्र र सरकार दुवैले यसमा सक्रियता देखाउनुपर्नेमा उनले जोड दिएका छन् ।


प्रकाशित मिति: २६ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?