Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

औषधिको मूल्यवृद्धिमा अर्बौंको घोटालाः सांसद खत्रीद्वारा छानबिनको माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधिको अनाधिकृत मूल्यवृद्धिका कारण नेपाली जनताले वर्षेनी अर्बौंको भार खेप्नुपरेको भन्दै यसमा संलग्नमाथि तत्काल छानबिन र कारबाहीको माग गरेका छन् ।

संसद्मा बोल्दै सांसद खत्रीले औषधि व्यवस्था विभागका महानिर्देशकले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ५२ ब्राण्डका औषधिको मूल्य बढाएको महालेखा परीक्षकको प्रतिवेदनले नै पुष्टि गरेको बताउनुभएको हो बताएका छन् बढाइएको मूल्य सम्बन्धित देशले तोकेको मूल्यभन्दा पनि बढी रहेको खत्रीले उल्लेख गरे । औषधि ऐन, २०३५ अनुसार कुनैपनि औषधिको मूल्य तोक्न वा वृद्धि गर्न औषधि मूल्य अनुगमन समितिले परामर्श परिषद्लाई सिफारिस गर्नुपर्ने र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि राजपत्रमा प्रकाशित हुनुपर्ने कानुनी व्यवस्था छ । तर महानिर्देशकले यी सबै प्रक्रिया मिचेर मूल्य बढाएको उनको आरोप छ । उनले यस विषयमा चार वर्षअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पनि अनुसन्धानको नाममा ढिलासुस्ती भइरहेकोमा आपत्ति जनाएका छन् ।

उनले भने, ‘यो कुनै बनिबनाऊ आरोप होइन, महालेखा परीक्षकको प्रतिवेदनमार्फत उद्घाटित भएको कुरा हो । २०७८ सालमा विभिन्न सातवटा विदेशी कम्पनीका औषधिमा २६.८८ प्रतिशतदेखि ३३.९९ प्रतिशतसम्म आफूखुसी मूल्यवृद्धि गरिएको छ । २०७४ यता औषधिको नाममा कति लुट मच्चाइयो होला ? यो आठ वर्षमा चार हजारभन्दा बढी औषधिको मूल्यवृद्धि र खपतलाई हिसाव गर्ने हो भने यो अर्बौंको घोटाला हो ।’

स्वास्थ्य मन्त्रालयको अध्ययनले बिरामीको सबैभन्दा बढी खर्च औषधिमै हुने देखाएको उल्लेख गर्दै उनले महँगो स्वास्थ्य सेवाका कारण मध्यम वर्ग गरिब र गरिब उपचार नै नपाएर मृत्युवरण गर्ने अवस्थामा पुगेको बताएका छन् । उनले सभामुखमार्फत सम्बन्धित मन्त्रालय र निकायको ध्यानाकर्षण गराउँदै ‘कालोधन्दा’ रोक्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।


प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?