Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

संसदको अघिल्लो ‘रो’ खालीः रास्वपा सांसद बास्कोटाले भनिन्– ‘लोकतन्त्रमाथि प्रहार हुन लागेको हो कि जस्तो लागेको छ’


काठमाडौँ । सरकार र सत्तारुढ दलका शिर्ष नेताहरु नै सदनमा सहभागि नहुँदा सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

सभाको बुधवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिक्षा बास्कोटाले संसदको पहिलो ‘रो’मा रहेका खाली कुर्सी देख्दा लोकतन्त्रमाथि प्रहार भइरहेको अनुभूति भइरहेको भन्दै टिप्पणी गरेकी छिन् । उनले लोकतान्त्रिक व्यवस्था कमजोर बनाउन राज्यका संस्थाहरुलाई कमजोर बनाउने इतिहासदेखिको परिपार्टी दोहोरिन थालेको आशंका समेत व्यक्त गरिन् । उनले संसदमा सरकारको कमजोर उपस्थितिले कतै हामी लोकतन्त्रलाई गिज्याइरहेका त छैनौँ ? प्रश्न गरेकी छिन । जारी बैठकमा प्रधानमन्त्री बालेन्द्र साहलगायत मन्त्रीको न्युन उपस्थिति छ । प्रतिपक्षी बेन्चको अघिल्लो ‘रो’ समेत खाली छ ।

बास्कोटाले भनिन् , ‘विगत ३५ वर्षदेखि यो देशमा लोकतन्त्रमाथि निरन्तर प्रहार हुँदै आएको छ । हामीले बिर्सन सक्दैनौँ । भनिन्छ लोकतन्त्रमाथि प्रहार गर्न धेरै केही गर्नै पर्दैन । राज्यका संस्थाहरुलाई कमजोर बनाए पुग्छ । आज अग्रभागमा देखिएका खाली कुर्सीहरु देख्दा यो सम्मानित संसद भवन र लोकतन्त्रमाथि प्रहार हुन लागेको हो कि जस्तो लागेको छ । र कतै हामी लोकतन्त्रलाई गिज्याउन लोगका त होइनौँ भन्ने अनुभुति भइरहेको छ ।’

उनले संसद र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास नगर्न सबैको ध्यानाकर्षण समेत गराएकी छिन् ।


प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?