Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता भाइरसबाट बच्नुहोस्: सांसद महावीर पुन


काठमाडौँ । सांसद महावीर पुनले देशमा जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद पुनले नेपाल एकीकरणपछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको दाबी गर्दै आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने प्रवृत्ति सिर्जना गर्न आग्रह गरेका छन् ।  फरक प्रसंगमा बोल्दै उहाँले गुम्ली जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए पनि सोअनुसारका सेवा–सुविधा नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘गुम्ली जिल्लालाई २०७५ सालमा हिमाली जिल्ला घोषणा गरेको रहेछ । तर हिमाली जिल्लाले पाउने सुविधाहरु केही पनि त्यहाँ गएको रहेनछ । हिमाली जिल्लाले पाउनुपर्ने सेवा सुविधाहरु उपलब्ध गराउन अनुरोध गर्दछु । साथै म सरकार र सबै राजनीतिक दलहरुलाई के अनुरोध गर्न चाहन्छु भने, नेपालमा सदियौदेखि रहेको नातावाद, कृपावाद, चाप्लुसिवाद र चाकरीवादजस्ता भाइसबाट बच्नुहोस् भन्न चाहन्छु । यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाहको पालादेखि शुरु भएको हो । यो भाइरसले अझै पनि छोडेको छैन । अगामी दिनमा यो मन्त्रीले, सांसदले आफ्नो आफन्तलाई फलानो पदमा नियुक्त गर्यो भन्ने कुरा सुन्नु नपरोस् ।’

उनले हिमाली जिल्लाले पाउनुपर्ने आधारभूत सेवा र सुविधा तत्काल उपलब्ध गराउन समेत माग समेत गरेका छन् ।


प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?