Trending
>>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन >>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिनुपर्छः अञ्जन श्रेष्ठ


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैँ उद्योग चलाउनु भन्दा निजी क्षेत्रलाई काम गर्ने वातावरण र प्रोत्साहन दिनुपर्ने बताएका छन् ।

तयारी पोशाक निर्यातकर्ता संघ नेपालले आयोजना गरेको ‘एलडिसी ग्रेजुएशनपछि तयारी पोशाकको निर्यात प्रवद्र्धनः चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको ७० प्रतिशत उपभोग आयातमा निर्भर रहेको तथ्यलाई चुनौती नभई ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन् । कुनै समय १ हजार २ सय ५० को हाराहारीमा रहेका गार्मेन्ट उद्योगहरू अहिले घटेर १०० मा खुम्चिएकोप्रति चिन्ता व्यक्त गर्दै श्रेष्ठले यस क्षेत्रको विकासका लागि एकीकृत सोच आवश्यक रहेको औंल्याए । उनले ‘फार्म टु फरेन’सम्मको यात्रालाई जोड्न पाँच ‘एफ’ को अवधारणा अघि सारेका छन् । जसमा फार्म, फाइबर, फेब्रिक, फेसन र फरेनलाई समेटेर अगाडि बढ्नुपर्ने उनको तर्क छ । यसका लागि सशक्त ‘गार्मेन्ट काउन्सिल’ वा विभागको आवश्यकता रहेको उनले बताए । सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी गरिरहेको सन्दर्भमा श्रेष्ठले आपत्ति जनाएका छन् । सरकारले आफैँ उद्योग चलाउनुको सट्टा निजी क्षेत्रलाई सहुलियत दिएर उत्पादन लागत घटाउन सहयोग गर्नुपर्ने उनले बताए । प्रविधिको विकास र एआईका कारण रोजगारी घट्न सक्ने चर्चा चलिरहँदा नेपालको घट्दो जन्मदर र युवा पलायनले भविष्यमा ठुलो जनशक्ति अभाव हुनसक्नेतर्फ उनले सचेत गराएका छन् । अल्पविकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति हुँदा नेपाली निर्यातले पाउँदै आएको सहुलियत गुम्ने जोखिम रहेकोले यसलाई कम्तीमा ३ वर्ष पछि सार्न महासंघले सरकारसँग लविङ गरिरहेको उनले जानकारी दिए। अर्थमन्त्रीसँगको छलफल सकारात्मक रहेको र सरकारले यसमा लचिलो हुने आश्वासन दिएको उनले बताए । साथै, निर्यात व्यवसायीहरूलाई सरकारले दिने भनिएको इन्सेन्टिभ (नगद प्रोत्साहन) समयमै उपलब्ध गराएर राज्यको विश्वास कायम राख्नुपर्नेमा उनले जोड दिएका छन् ।

उनले भने, ‘हामी ७० प्रतिशत वस्तु आयात गर्छौं । यसको अर्थ हामीसँग अझै ७० प्रतिशत उत्पादन बढाउने र बजार ओगट्ने अवसर छ । सियोदेखि गाडी एसेम्बलसम्मका काम नेपालमै सम्भव छ, मात्र स्वच्छ मनले प्रयासको खाँचो छ । । सरकारले उद्योग व्यवसाय गर्ने होइन । दुग्ध विकास संस्थान (डीडीसी) र शाही औषधि लिमिटेड जस्ता संस्थानहरूलाई ट्याक्सपेयरको पैसाबाट अनुदान दिएर पाल्नु र निजी क्षेत्रसँग प्रतिष्पर्धा गराउनु गलत हो ।’

आगामी चैत ३० गते हुने महासंघको निर्वाचनपछि नेतृत्व सम्हाल्न लागेका ‘वेटिङ प्रेसिडेन्ट’ श्रेष्ठले निजी क्षेत्रलाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले निर्वाचनपछि सबै व्यवसायीहरूलाई क्षमता र अनुभवका आधारमा भूमिका दिँदै महासंघलाई सशक्त बनाउने प्रण गरेका छन् ।


प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?