Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पदभार सम्हाल्दै राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले भनिन्–साइबर बुलिङविरुद्ध कानूनी हस्तक्षेप अपरिहार्य


राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारी पदभार ग्रहण गर्नुभएको छ । शपथग्रहण लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर भण्डारीले पदभार सम्हाल्नुभएको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले साइबर बुलिङमार्फत महिलामाथि हुने चरित्रहत्याविरुद्ध कानूनी व्यवस्था आवश्यक रहेको बताउनु भयो । उहाँले महिलाको मानप्रतिष्ठा र सामाजिक आचरणमा असर पर्ने गरी चरित्रहत्या गर्ने जस्ता अपराधिक गतिविधि मौलाउँदै गएको भन्दै त्यसको नियन्त्रणका लागि कानून निर्माण अपरहार्य भएको बताउनु भयो । भण्डारीले सामाजिक सञ्जालमार्फत महिलामाथि भइरहेको साइबर हमलाले विकराल रूप लिँदै गएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सरकार र सरोकारवालहरुबीचको समन्वय गरेर कानूनी हस्तक्षेप गर्नुपर्ने बताउनु भयो । उहाँले साइबर अपराधको सिकार भएकै कारण सांसदहरू नै प्रहरीको साइबर ब्यूरोसम्म पुग्नु दुःखद् भएको बताउनु भयो । उपाध्यक्ष भण्डारीले सभ्य र मर्यादित समाज निर्माणका लागि साइबर अपराध नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘गला रेट्नु मात्रै अपराध होइन । मान्छेलाई समाजमा बाँच्नै नसक्नेगरी जसरी नेगेटिभ रुपमा प्रयोग भइरहेको छ विषेशगरी महिलाहरुको मान, प्रतिष्ठा र सामाजिक आचरणमा प्रभाव गर्नेगरी चरित्रहत्या गर्ने गरिएको छ । महिलाको जीवन सिध्याउनुपर्नेछ भने उसको चरित्र हत्या गरिदिएपछि हुन्छ भनेर जसरी साइबर बुलिङहरु भइरहेका छन् । त्यसका विरुद्ध धेरै माननीय सदस्यहरु पनि प्रहरीको साइबर ब्युरोमा जानुभइरहेको मैले देखेको थिएँ । अब यसलाई कानूनी माध्यमबाट रोक्नुपर्छ । साइबर हमलामार्फत महिलाको चरित्रमाथि प्रश्न गर्ने, हेर्न र पढ्नै नमिल्ने खालका शब्दहरुबाट प्रहार गर्ने खालको जुन अपराधिक क्रियाकलाप बढिरहेको छ यसको लागि सरकारले पनि छिट्टै सोच्ने छ । र हामी सबैले यो समाजलाई सभ्य र मर्यादित समाज बनाउने हो भने कानूनमार्फत महिलाको चरित्र हत्या गर्न साइबर बुलिङ गर्ने जुन विकृतिले विकराल रुप लिँदै छ यसको अन्त्य गर्नुपर्छ । यस विषयमा अहिले संसद र संसलबाहिर पनि चर्को रुपमा आवाज उठिरहेको देखेको छु ।’ उहाँले राष्ट्रिय सभा उपाध्यक्षको पद कुनै आग्रहबिना निष्पक्ष र संसदीय गरिमा कायम राख्दै बहन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

काठमाडौँ। राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारी पदभार ग्रहण गरेकी छिन् ।

शपथग्रहण लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर भण्डारीले पदभार सम्हालेकी हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले साइबर बुलिङमार्फत महिलामाथि हुने चरित्रहत्याविरुद्ध कानूनी व्यवस्था आवश्यक रहेको बताइन् । उनले महिलाको मानप्रतिष्ठा र सामाजिक आचरणमा असर पर्ने गरी चरित्रहत्या गर्ने जस्ता अपराधिक गतिविधि मौलाउँदै गएको भन्दै त्यसको नियन्त्रणका लागि कानून निर्माण अपरहार्य भएको बताइन् । भण्डारीले सामाजिक सञ्जालमार्फत महिलामाथि भइरहेको साइबर हमलाले विकराल रूप लिँदै गएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सरकार र सरोकारवालहरुबीचको समन्वय गरेर कानूनी हस्तक्षेप गर्नुपर्ने बताएकी छिन् । उनले साइबर अपराधको सिकार भएकै कारण सांसदहरू नै प्रहरीको साइबर ब्यूरोसम्म पुग्नु दुःखद् भएको बताइन्। उपाध्यक्ष भण्डारीले सभ्य र मर्यादित समाज निर्माणका लागि साइबर अपराध नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘गला रेट्नु मात्रै अपराध होइन । मान्छेलाई समाजमा बाँच्नै नसक्नेगरी जसरी नेगेटिभ रुपमा प्रयोग भइरहेको छ विषेशगरी महिलाहरुको मान, प्रतिष्ठा र सामाजिक आचरणमा प्रभाव गर्नेगरी चरित्रहत्या गर्ने गरिएको छ । महिलाको जीवन सिध्याउनुपर्नेछ भने उसको चरित्र हत्या गरिदिएपछि हुन्छ भनेर जसरी साइबर बुलिङहरु भइरहेका छन् । त्यसका विरुद्ध धेरै माननीय सदस्यहरु पनि प्रहरीको साइबर ब्युरोमा जानुभइरहेको मैले देखेको थिएँ । अब यसलाई कानूनी माध्यमबाट रोक्नुपर्छ । साइबर हमलामार्फत महिलाको चरित्रमाथि प्रश्न गर्ने, हेर्न र पढ्नै नमिल्ने खालका शब्दहरुबाट प्रहार गर्ने खालको जुन अपराधिक क्रियाकलाप बढिरहेको छ यसको लागि सरकारले पनि छिट्टै सोच्ने छ । र हामी सबैले यो समाजलाई सभ्य र मर्यादित समाज बनाउने हो भने कानूनमार्फत महिलाको चरित्र हत्या गर्न साइबर बुलिङ गर्ने जुन विकृतिले विकराल रुप लिँदै छ यसको अन्त्य गर्नुपर्छ । यस विषयमा अहिले संसद र संसलबाहिर पनि चर्को रुपमा आवाज उठिरहेको देखेको छु ।’

उनले राष्ट्रिय सभा उपाध्यक्षको पद कुनै आग्रहबिना निष्पक्ष र संसदीय गरिमा कायम राख्दै बहन गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।


प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?