Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण


नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ ।

सोमवार बिहान महासंघको केन्द्रिय कार्यालय अनामनगरमा आयोजित एक विशेष समारोहका बीच नवनिर्वाचित अध्यक्षसहितका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । महासंघको गरिमालाई उच्च राख्दै निर्माण क्षेत्रको विकास र व्यवसायीहरूको हकहितका लागि प्रतिवद्ध भएर लाग्ने उनीहरुको भनाइ छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । शपथ ग्रहण कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू, विभिन्न जिल्ला तथा प्रदेशका व्यवसायीहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित कार्यसमितिले आजैबाट आफ्नो कार्यभार सम्हाल्ने महासंघले जनाएको छ । निर्माण क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरू, भुक्तानीको समस्या र नीतिगत सुधारका विषयमा नयाँ कार्यसमितिले प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ । महासंघको १३ औं अधिवेशनले निर्माण व्यवसायीहरूका बीचमा एकता र सहकार्यको नयाँ सन्देश दिएको व्यवसायीहरूको भनाइ छ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । कोशी प्रदेश उपाध्यक्ष धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, वागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी हुनु भएका छन् ।

नीतिगत उपमहासचिवमा मंगल शाही विजयी भएका छन् भने आन्तरिक उपमहासचिवमा सन्तोष साह विजयी भएका छन्। महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल विजयी भएकी छिन् भने कोषाध्यक्षमा उज्वल गौतम विजयी हुँदा सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन् ।


प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?