Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

नेपालमा अन्तर्राष्ट्रिय दन्त सामग्रीहरुको प्रदर्शनी हुने


नेपालमा अन्तर्राष्ट्रिय दन्त सामग्रीहरुको प्रदर्शनी हुने

काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय दन्त सामग्रीहरुको प्रदर्शनी हुने भएको छ ।

नेपाल दन्त सामग्री वितरकहरुको संघ (नेपडेण्ट)ले काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र २६ गतेदेखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सो प्रदर्शनी गर्न लागिएको जानकारी गराएको हो । ३ दिनसम्म चल्ने प्रदर्शनीमा ५ हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा गरिएको संघका अध्यक्ष सुनिल बराईलीले बताएका छन्।

उनले भने,‘यो हाम्रो ३ दिनको प्रोग्राम हो । हामीले फाईभ थाउजेन्ड भन्दा बढी डेन्टिष्टहरु भित्रिने अनुमान गरेका छौँ । स्टल १०३ वटा रहनेछ । यो चैत्र २६ देखि २८ गतेसम्म चल्दैछ ।’

सो प्रदर्शनीमा १०३ वटा स्टल रहनेछन् । दन्तसम्बन्धि हालसम्म विश्वका उत्पादन भएका नयाँनयाँ उपकरणहरु पनि सो प्रदर्शनीमा राखिने दाबी गरिएको छ । संघका अध्यक्ष बराईलीले प्रदर्शनी सो क्षेत्रका विज्ञ र व्यवसायीहरुका लागि अति उपयोगी हुने बताएका छन् ।


प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?