Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

कामबाटै आफूलाई प्रमाणित गर्छौंः सभापति लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले पाएको जनमत सरकार चलाउन नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताउनुभएको छ । प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति लामिछानेले रास्वपाले प्राप्त गरेको मत जनताको आशा र आक्रोशको मत भएको भन्दै जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने प्रतिज्ञा गर्नुभयो । जनताले परिवर्तनकै लागि रास्वपालाई रोजेको भन्दै उक्त मतादेशको कदर गर्दै जिम्मेवार भएर गुण तिर्ने प्रतिज्ञा पनि गर्नुभयो । पार्टी र सरकारले बोलेर भन्दापनि काम गरेर जनतामाझ आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामीले पाएको मत समर्थनको मत मात्र होइन परिवर्तनको मत हो । हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो । म गर्वका साथ भन्न सक्छु । हामीले बदल्न शुरु गरिसकेका छौँ । अब हामीले बोलेर मात्र हुदैन । रास्वपाका हरेक माननीयहरुले कामबाटै पार्टी र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामीले राम्ररी बोल्नुभन्दा पनि सरकारका कामहरु अझै राम्रोसँग बोल्नेछन् । ती बोल्न शुरु गरिसकेको कुरा पनि निवेदन गर्न चाहान्छु ।’ उहाँले सुशासनको सवालमा कुनैपनि सम्झोता नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले पाएको जनमत सरकार चलाउन नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति लामिछानेले रास्वपाले प्राप्त गरेको मत जनताको आशा र आक्रोशको मत भएको भन्दै जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने प्रतिज्ञा गर्नुभयो । जनताले परिवर्तनकै लागि रास्वपालाई रोजेको भन्दै उक्त मतादेशको कदर गर्दै जिम्मेवार भएर गुण तिर्ने प्रतिज्ञा पनि गर्नुभयो । पार्टी र सरकारले बोलेर भन्दापनि काम गरेर जनतामाझ आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले पाएको मत समर्थनको मत मात्र होइन परिवर्तनको मत हो । हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो । म गर्वका साथ भन्न सक्छु । हामीले बदल्न शुरु गरिसकेका छौँ । अब हामीले बोलेर मात्र हुदैन । रास्वपाका हरेक माननीयहरुले कामबाटै पार्टी र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामीले राम्ररी बोल्नुभन्दा पनि सरकारका कामहरु अझै राम्रोसँग बोल्नेछन् । ती बोल्न शुरु गरिसकेको कुरा पनि निवेदन गर्न चाहान्छु ।’

उहाँले सुशासनको सवालमा कुनैपनि सम्झोता नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: १९ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?