Trending
>>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित >>   राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा >>   राजनीतिक प्रतिशोधको कानूनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौंः प्रदीप ज्ञवाली >>   कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय प्रतिशोधपूर्णः एमाले नेता भट्टराई >>   यो राजनीतिक प्रतिशोध हो, अध्यक्षलाई अविलम्व रिहा गरियोस्ः गोकर्ण विष्ट >>   खगराज अधिकारीको चेतावनीः प्रतिशोधपूर्ण गिरफ्तारीले देशमा आगो बल्छ, तुरुन्त रिहा गर >>   महेश बस्नेतको आह्वान: “राजनीतिक प्रतिशोधविरुद्ध आन्दोलनमा सहभागी बनौं”
Logo
१४ चैत्र २०८२, शनिबार
१४ चैत्र २०८२, शनिबार

यो राजनीतिक प्रतिशोध हो, अध्यक्षलाई अविलम्व रिहा गरियोस्ः गोकर्ण विष्ट


नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले पार्टी अध्यक्षको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उपाध्यक्ष विष्टले सरकारको यो कदमको कडा निन्दा गर्नुभएको हो । विष्टले सरकारले राजनीतिक पूर्वाग्रह राखेर नेताहरूलाई दुःख दिने काम गरिरहेको बताउनु भयो । यो लोकतन्त्रको उपहास भएको र एमालेले यसको विरुद्धमा सशक्त आवाज उठाउने बताउनु भयो । उपाध्यक्ष विष्टले कार्यकर्ताहरूलाई संयमित रहँदै न्यायको पक्षमा उभिन आग्रह समेत गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यो राजनीतिक प्रतिशोध हो । म यसको निन्दा गर्न चाहन्छु । अविलम्व हाम्रो पार्टीको अध्यक्षलाई रिहाइको लागि म माग गर्दछु ।’ सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरेको छ ।

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले पार्टी अध्यक्षको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उपाध्यक्ष विष्टले सरकारको यो कदमको कडा निन्दा गरेका छन् । विष्टले सरकारले राजनीतिक पूर्वाग्रह राखेर नेताहरूलाई दुःख दिने काम गरिरहेको बताए । यो लोकतन्त्रको उपहास भएको र एमालेले यसको विरुद्धमा सशक्त आवाज उठाउने बताए । उपाध्यक्ष विष्टले कार्यकर्ताहरूलाई संयमित रहँदै न्यायको पक्षमा उभिन आग्रह समेत गरेका छन् ।

उनले भने, ‘यो राजनीतिक प्रतिशोध हो । म यसको निन्दा गर्न चाहन्छु । अविलम्व हाम्रो पार्टीको अध्यक्षलाई रिहाइको लागि म माग गर्दछु ।’

सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरेको छ ।


प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?