Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

खगराज अधिकारीको चेतावनीः प्रतिशोधपूर्ण गिरफ्तारीले देशमा आगो बल्छ, तुरुन्त रिहा गर


खगराज अधिकारीको चेतावनीः प्रतिशोधपूर्ण गिरफ्तारीले देशमा आगो बल्छ, तुरुन्त रिहा गर

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीलाई ’गैरकानुनी र प्रतिशोधपूर्ण’ भन्दै भत्र्सना गरेका छन् ।

अध्यक्ष ओलीलाई बिना शर्त तुरुन्त रिहा गर्न माग गर्दै सरकारको यो कदम संविधान र कानूनको भावना विपरीत रहेको बताएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिकारीले गिरफ्तारीको प्रक्रियामा समेत गम्भीर प्रश्न उठाएका छन् । उनले छानबिन समितिले सिफारिस गरेको भनिए पनि कुनै ठोस अभियोग र प्रक्रिया पूरा नगरी रातारात जुन शैलीमा पक्राउ गरियो, यसले सरकारको प्रतिशोधको ज्वाला प्रष्ट पारेको बताए । अधिकारीले एमाले यस कदमको विरुद्धमा कानुनी र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्न तयार रहेको स्पष्ट पारेका छन् । उनले देशलाई द्वन्द्वमा नभई सहमति र सहकार्यको बाटोमा लैजान सरकारलाई आग्रह समेत गरेका छन् ।

उनले भने, ‘ यो गैरकानूनी जुन थुना भएको छ, तुरुन्त बिना शर्त उहाँलाई रिहा गर्नुपर्छ । र कानूनी राज्यको राज्यलाई अघि बढाउनुपर्छ, प्रतिशोधपूर्ण जुन गिरफ्तारी छ यो संविधान कानून र न्यायको हिसाबले बिल्कुल विपरित छ हामी यसको प्रतिवाद गर्छौं । यसमा साइनै छैन, कुनै साइनै छैन उहाँको गिरफ्तारी छानबिन समितिले सिफारिस गरेर सरकारले त्यो अनुसार गरेको हो, यो अभियोगै नगरिकन रातारात जो गरिएको छ प्रतिशोधको ज्वाला उहाँहरूले त्यो बाल्नुभएको छ त्यसले देशै आगो बल्छ । यो गिरफ्तारी गैरकानुनी छ प्रतिशोधपूर्ण छ र गैरकानूनी गिरफ्तारी भएको हुनाले तुरुन्त उहाँलाई रिहा गर्नुपर्छ र देशलाई द्वन्द्वमा होइन सहमतिमा लानुपर्छ भन्ने कुरामा हामी प्रष्ट छौँ। हामी त्यसको प्रतिवाद गर्छौँ कानुनी र सडकबाटै यसको प्रतिवाद गर्छौं ।’

उनले सरकारको यस्तो कदमले लोकतन्त्र र कानूनी राज्यको अवधारणामाथि नै प्रहार गरेको दाबी गरेका छन् ।


प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?