Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण


काठमाडौँ। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।

शुक्रवार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका छन् । पदवहाली गर्दै उहाँले सार्वजनिक सेवा प्रवाहमा एकद्वार प्रणालीबाट लागू गर्ने निर्णय गरेका छन् । उनले सुशासनका विरुद्ध कुनै काम गर्न नहुने भन्दै कसैले घुस मागे खण्डमा आफूलाई जानकारी गराउन समेत आग्रह गरेका छन् ।

उनले भने, ‘धेरै बोल्ने मान्छे म पर्दिनँ । अबको पाँच वर्ष हामीले सुशासनको लागि काम गर्नुपर्छ । म धेरै नबोलिकन एक्सनमा जानेवाला छु । हामी नतिजा देखाउँछौँ ।’

उनले सेवा प्रवाहको विषयमा कुनैपनि गुनासो नआउनेगरी काम गर्न कर्मचारीलाई आग्रह पनि गरेका छन् ।


प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?