Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

खेलकुद र शिक्षा क्षेत्रमा राजनीतिकरण अन्त्य गर्ने मन्त्री पोखरेलको उद्घोष


शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद र शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले पेशागत क्षेत्रमा भइरहेको राजनीतीकरणले काम गर्न कठिन बनाएको उल्लेख गर्दै यसलाई रोक्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नभएको हो । मन्त्री पोखरेलले खेलकुद निकायहरूमा राजनीति गर्ने मान्छे नभई खेल क्षेत्रकै विज्ञ र अनुभवी व्यक्तिहरू पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय खेलकुद परिषद् लगायतका निकायहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई राखेर अगाडि बढ्ने योजना रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘सबैतिर राजनीतीकरण बन्द गरिनुपर्छ पहिले कुरा । खेलकुद र शिक्षा क्षेत्रमा मात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउँदा आउँदै गर्दाखेरि पेशागत रुपमा जहाँ जहाँ पनि राजनीतीकरण भएर काम गर्न कठिन भएको छ, त्यो राजनीतीकरणलाई शुरुमा रोक्नुपर्छ । नेपालको खेलकुद क्षेत्र पनि धेरै राजनीतीकरण भएर अहिले बिग्रेको छ । नेपालको समस्या नै जहाँ राजनीति गर्नुपर्ने त्यहाँ राजनीति हुँदैन । जहाँ राजनीति नगर्नुपर्ने त्यहाँ राजनीति भइरहेको छ । अब खेलकुदमा राजनीति होइन खेलकुदमा खेल्ने मान्छेहरु जाने हो राजनीति गर्ने मान्छे जाने होइन । त्यही हिसाबले राष्ट्रिय खेलकुद परिषद अथवा खेलकुदसँग सम्बन्धित जति पनि अरु निकायहरु छ, त्यो सबैमा चाहिँ त्यो क्षेत्रमा विज्ञता भएको, त्यो क्षेत्रको अनुभव भएका विज्ञहरुलाई हामीले सँगै राखेर अगाडि बढाउनेछौँ । अब हाम्रो एकदमै एउटा एकदमै महत्वपूर्ण योजना भनेको खेल क्षेत्रमा भएको राजनीतीकरणलाई रोक्ने हो । एन्फाको विवादलाई पनि अहिले बिग्रेको भनेको राजनीतीकरण धेरै भएर हो । शुरुमा त्यहाँ एन्फा र राजनीतिलाई दुईटालाई छुट्टाउनुपर्छ र त्यही क्षेत्रको विज्ञहरुसँग सहकार्य गरेर हामी अगाडि बढ्छौँ ।’ अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको विवादको मुख्य जड पनि राजनीतीकरण नै रहेको उहाँको ठम्याइ छ । खेल क्षेत्रको विकासका लागि राजनीतीकरण रोक्नु नै आफ्नो कार्यकालको महत्वपूर्ण योजना रहेको उहाँले बताउनु भयो ।

काठमाडौँ । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद र शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने बताएका छन् ।

शुक्रवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले पेशागत क्षेत्रमा भइरहेको राजनीतीकरणले काम गर्न कठिन बनाएको उल्लेख गर्दै यसलाई रोक्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारेका छन् । मन्त्री पोखरेलले खेलकुद निकायहरूमा राजनीति गर्ने मान्छे नभई खेल क्षेत्रकै विज्ञ र अनुभवी व्यक्तिहरू पुग्नुपर्नेमा जोड दिएका छन् । उनले राष्ट्रिय खेलकुद परिषद् लगायतका निकायहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई राखेर अगाडि बढ्ने योजना रहेको पनि बताएका छन् ।

उनले भने, ‘सबैतिर राजनीतीकरण बन्द गरिनुपर्छ पहिले कुरा । खेलकुद र शिक्षा क्षेत्रमा मात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउँदा आउँदै गर्दाखेरि पेशागत रुपमा जहाँ जहाँ पनि राजनीतीकरण भएर काम गर्न कठिन भएको छ, त्यो राजनीतीकरणलाई शुरुमा रोक्नुपर्छ । नेपालको खेलकुद क्षेत्र पनि धेरै राजनीतीकरण भएर अहिले बिग्रेको छ । नेपालको समस्या नै जहाँ राजनीति गर्नुपर्ने त्यहाँ राजनीति हुँदैन । जहाँ राजनीति नगर्नुपर्ने त्यहाँ राजनीति भइरहेको छ । अब खेलकुदमा राजनीति होइन खेलकुदमा खेल्ने मान्छेहरु जाने हो राजनीति गर्ने मान्छे जाने होइन । त्यही हिसाबले राष्ट्रिय खेलकुद परिषद अथवा खेलकुदसँग सम्बन्धित जति पनि अरु निकायहरु छ, त्यो सबैमा चाहिँ त्यो क्षेत्रमा विज्ञता भएको, त्यो क्षेत्रको अनुभव भएका विज्ञहरुलाई हामीले सँगै राखेर अगाडि बढाउनेछौँ । अब हाम्रो एकदमै एउटा एकदमै महत्वपूर्ण योजना भनेको खेल क्षेत्रमा भएको राजनीतीकरणलाई रोक्ने हो । एन्फाको विवादलाई पनि अहिले बिग्रेको भनेको राजनीतीकरण धेरै भएर हो । शुरुमा त्यहाँ एन्फा र राजनीतिलाई दुईटालाई छुट्टाउनुपर्छ र त्यही क्षेत्रको विज्ञहरुसँग सहकार्य गरेर हामी अगाडि बढ्छौँ ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको विवादको मुख्य जड पनि राजनीतीकरण नै रहेको उनको ठम्याइ छ । खेल क्षेत्रको विकासका लागि राजनीतीकरण रोक्नु नै आफ्नो कार्यकालको महत्वपूर्ण योजना रहेको उनले बताएका छन्।


प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?