Trending
>>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित >>   राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा >>   राजनीतिक प्रतिशोधको कानूनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौंः प्रदीप ज्ञवाली >>   कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय प्रतिशोधपूर्णः एमाले नेता भट्टराई >>   यो राजनीतिक प्रतिशोध हो, अध्यक्षलाई अविलम्व रिहा गरियोस्ः गोकर्ण विष्ट >>   खगराज अधिकारीको चेतावनीः प्रतिशोधपूर्ण गिरफ्तारीले देशमा आगो बल्छ, तुरुन्त रिहा गर >>   महेश बस्नेतको आह्वान: “राजनीतिक प्रतिशोधविरुद्ध आन्दोलनमा सहभागी बनौं”
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाले पदभार, गरे तीन महत्वपूर्ण निर्णय


काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् ।

पदभार सम्हाल्ने क्रममा उनले तीन महत्वपूर्ण निर्णय गरेका हुन् । अर्थमन्त्री वाग्लेले चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार पार्ने निर्देशन दिएका छन् । साथै सरकारको निर्वाचन वाचा कार्यान्वयनलाई व्यवस्थित बनाउन १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना तयार गर्ने निर्णय समेत गरेका छन् । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ ले सिफारिस गरेका कानूनी सुधारलाई कार्यान्वयनतर्फ लैजाने प्रक्रिया शुरु गरिने बताएका छन् । आयोगको प्रतिवेदनमा सिफारिस गरिएका राजश्व अनुसन्धान विभागसँग सम्बन्धित लगायत १५ वटा ऐन खारेज गर्ने प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ । त्यसैगरी निजी उद्यम–व्यवसायको सुरक्षा तथा प्रवद्र्धन, ठूला विकास आयोजना सहजीकरण लगायत विषय समेटेर नयाँ विधेयक ल्याउने वा विद्यमान कानुन संशोधन गर्ने प्राथमिकता तय गरिनेछ । यसका लागि वृहत्तर आर्थिक तथा कानूनी सुधारको मार्गचित्र तयार पार्ने निर्णय पनि गरिएको छ ।

अर्थमन्त्री वाग्लेले पदभार ग्रहणपछि अर्थतन्त्रलाई गतिशील बनाउन संरचनात्मक सुधार, निजी क्षेत्रको विश्वास बढाउने नीति र लगानीमैत्री वातावरण निर्माणमा ध्यान केन्द्रित गरिने बताएका छन् ।


प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?