Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

वैदेशिक रोजगार विभागद्वारा समिति गठन


२९ चैत ,काठमाडौँ । वैदेशिक रोजगार विभागले विभागबाट भइरहेको अनुगमन कार्यलाई नियमित, व्यवस्थित तथा ठगी नियन्त्रणको कार्यलाई अझ बढी नतिजामुखी बनाउने गरी छुट्टाछुट्टै तीन वटा अनुगमन समिति गठन गरी परिचालन गरेको जनाएको छ ।

विभागले एक प्रेस विज्ञप्ति प्रकाशित गरी विभागले गर्दै आएको अनुगमनलाई नियमित, व्यवस्थित बनाउन ठगी नियन्त्रण गर्ने उद्देश्यले विभागका निर्देशकको संयोजकत्वमा अन्य अधिकृत र कर्मचारी सदस्य रहने गरी अलगअलग तीन वटा अनुगमन समिति बनाइएको जनाएको छ ।

उक्त अनुगमन समितिले म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदायकलगायत वैदेशिक रोजगारको प्रक्रियासँग प्रत्यक्ष जोडिएका निकायको अनुगमन गर्नेसमेत उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “विभागबाट खटिएको टोलीलाई आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध गराई अनुगमन कार्यलाई सहयोग पु¥याउन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।”


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?