Trending
>>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक >>   १ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी >>   चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै >>   कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित >>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड


नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड

काठमाडौँ । नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ र अन्तर्राष्ट्रिय संस्था ‘ऊलमार्क’ बीच सहकार्य शुरु भएको छ ।

राजधानीमा आयोजित ‘अपर्चुनिटी विथ मेरिनो ऊल फर नेपाल’ विषयक कार्यक्रममा संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अष्ट्रेलियाको ऊलमार्कसँगको सहकार्यले नेपाली अर्थतन्त्र र निर्यात क्षेत्रमा नयाँ इँटा थप्ने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष पाण्डेकाअनुसार यो परियोजनाका लागि विगत ६ महिनादेखि भारत र नेपालमा विभिन्न चरणमा छलफल र अध्ययन भएको थियो । नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भमा ऊलमार्कसँगको सहकार्य झनै महत्वपूर्ण हुने पाण्डेको भनाइ छ । मेरिनो ऊनबाट बनेका कपडाहरू विश्व बजारमा गुणस्तरीय र महँगो मानिन्छन् । नेपालको निर्यातको आकार सानो भएपनि ‘निस मार्केट’का लागि यो उपयुक्त हुने र यसले राज्यको ढुकुटीमा राम्रो योगदान दिने पाण्डेले बताए । हाल नेपालबाट वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको तयारी पोशाक निर्यात भइरहेको छ, जुन गलैँचापछि तेस्रो मुलुक निर्यात हुने दोस्रो ठूलो वस्तु हो । देशमा आउन लागेको नयाँ सरकार र युवा प्रधानमन्त्रीप्रति संकेत गर्दै अध्यक्ष पाण्डेले निजी क्षेत्रको समस्या बुझ्ने र व्यापार व्यवसायलाई प्राथमिकता दिने सरकारको अपेक्षा गरेका छन् ।

उनले भने, ‘हामीले ऊलमार्कसँग कसरी काम गर्ने भनेर लामो समय छलफल ग¥यौँ । हाम्रो सदस्य कम्पनी ‘ट्रिकोट’ ले त यसमा काम शुरु नै गरिसकेको छ । यो नेपालका लागि ठूलो अवसर हो । स्तरोन्नतिपछि आउने व्यापारिक चुनौती र ‘डबल ट्रान्सफर्मेसन’ को प्रावधानमा जानुपर्ने बाध्यात्मक अवस्थामा ऊलमार्कले हामीलाई ठूलो सहयोग पु¥याउन सक्छ । युवा र ऊर्जावान प्रधानमन्त्री आउँदै हुनुहुन्छ । यो सरकारले निर्यात र निजी क्षेत्रको विकासमा विशेष ध्यान दिनेछ भन्ने हाम्रो विश्वास छ ।’

अहिले फ्याब्रिक (कपडा) आयात गरेर काम शुरु गरे पनि भविष्यमा नेपालमै बाख्रा पालन गरी प्राकृतिक रेशा उत्पादन गर्न सकिने सम्भावना रहेको बताएका छन् । भविष्यमा ऊलमार्कसँग मिलेर नेपालमै बाख्रा पालन र कच्चा पदार्थ उत्पादनमा पनि साझेदारी गर्न सकिने बताएका छन् ।


प्रकाशित मिति: १० चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?