Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निष्काशित, सांसद पद पनि खारेज गर्ने केन्द्रीय समितिको निर्णय


२९ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सदस्यता खारेज भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको हो ।

रास्वपाले उनलाई सांसदबाट समेत बर्खास्त गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिएका छन् । उनको ठाउँमा कानुन अनुसार नै अर्को व्यक्तिलाई ल्याउने पनि लामिछानेले बताएका छन् ।

अनुसन्धान समितिले गरेको छानबिनले सांसद श्रेष्ठले पैसा मागेको यथेष्ट प्रमाण देखाएका कारण उनलाई पार्टीबाट निलम्बन गरिएको सभापति लामिछानेले प्रस्ट पारेका छन् ।

आइबार सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसँग मन्त्रि बन्नका लागि पार्टीलाई २ करोड बुझानुपर्ने भन्दै उक्त पैसा मागेको अडियो सार्वजनिक भएको थियो । रास्वपाले उनलाई सोही दिन तत्कालका लागि निलम्बन गरेर अनुसन्धान सुरू गरेको थियो ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?