Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निष्काशित, सांसद पद पनि खारेज गर्ने केन्द्रीय समितिको निर्णय


२९ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सदस्यता खारेज भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको हो ।

रास्वपाले उनलाई सांसदबाट समेत बर्खास्त गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिएका छन् । उनको ठाउँमा कानुन अनुसार नै अर्को व्यक्तिलाई ल्याउने पनि लामिछानेले बताएका छन् ।

अनुसन्धान समितिले गरेको छानबिनले सांसद श्रेष्ठले पैसा मागेको यथेष्ट प्रमाण देखाएका कारण उनलाई पार्टीबाट निलम्बन गरिएको सभापति लामिछानेले प्रस्ट पारेका छन् ।

आइबार सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसँग मन्त्रि बन्नका लागि पार्टीलाई २ करोड बुझानुपर्ने भन्दै उक्त पैसा मागेको अडियो सार्वजनिक भएको थियो । रास्वपाले उनलाई सोही दिन तत्कालका लागि निलम्बन गरेर अनुसन्धान सुरू गरेको थियो ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?