Trending
>>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा >>   कानून पेशा मात्रै धनको स्रोत हुन सक्दैन, अन्य आर्थिक उपार्जनका उपाय पनि खोजौँः वरिष्ठ अधिवक्ता… >>   गगनको राजीनामाबारे नेता केसी – पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान… >>   महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौंः महान्यायाधिवक्ता भण्डारी >>   सभापति थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्छः सहमहामन्त्री राणा >>   बारको चेतावनीः दुई तिहाईको सरकारले संविधानवाद र कानूनको शासन चिर्न थाले बारल पोजिसन लिन्छ >>   सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य शुरु >>   नयाँ सरकारलाई सहकारी पीडितको खबरदारी ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’ (तस्बिरसहित) >>   जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना
Logo
६ चैत्र २०८२, शुक्रबार
६ चैत्र २०८२, शुक्रबार

अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा


र्वोच्च अदालतकी न्यायाधीश शान्तिसिंह थापाले अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्त भएको बताउनुभएको छ । शुक्रवार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्ययन र अनुशासन बिना कानून पेशामा टिक्न नसकिने बताउनु भयो । न्यायाधीश थापाकाअनुसार सफलताका पूर्वशर्तहरूमा गहिरो अध्ययन, कार्यदक्षता, क्षमता अभिवृद्धि, पेशागत निष्ठा, इमान्दारिता र कडा अनुशासन हुन् । न्यायाधीश थापाले सम्मेलनमा उपस्थित सहभागीहरूलाई केवल औपचारिकताका लागि मात्र नभई कार्यपत्रहरूमा घनीभूत छलफल गर्न र सशक्त घोषणापत्र तयार गर्न आग्रह गर्नुभयो । उहाँले औपचारिक कार्यक्रमहरूमा धैर्यता र अनुशासन पालना गर्नु कानून व्यवसायीको पहिलो पहिचान भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले एउटा मूल मन्त्रको रूपमा यहाँहरूलाई पूर्वशर्त के चाहीँ आग्रह गर्न चाहन्छु भने केही पूर्वशर्तहरू रहन्छन् । व्यक्तित्व विकासको लागि । त्यो हो अध्ययन, दक्षता, क्षमता, निष्ठा, इमानदारिता र अनुशासन यी पूर्वशर्त हुन् । यिनलाई मूल मन्त्रको रूपमा आत्मसात् गर्नुभयो भने तपाईंहरूले कुनैपनि क्षणमा कुनैपनि व्यवसायमा तपाईंहरूले आफूलाई पछाडि परेको महशुस गर्नुहुने छैन । आफूलाई एकदम सबल र सक्षम रूपमा स्थापित गर्न सक्नुहुनेछ ।’ नेपालको संविधानले आत्मसात गरेको समानुपातिक समावेशिताको सिद्धान्त व्यवहारमा लागू भइरहेको बताउनु भयो ।

काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश शान्तिसिंह थापाले अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्त भएको बताएकी छिन् ।

शुक्रवार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी छिन् उनले अध्ययन र अनुशासन बिना कानून पेशामा टिक्न नसकिने बताएकी छिन् । न्यायाधीश थापाकाअनुसार सफलताका पूर्वशर्तहरूमा गहिरो अध्ययन, कार्यदक्षता, क्षमता अभिवृद्धि, पेशागत निष्ठा, इमान्दारिता र कडा अनुशासन हुन् । न्यायाधीश थापाले सम्मेलनमा उपस्थित सहभागीहरूलाई केवल औपचारिकताका लागि मात्र नभई कार्यपत्रहरूमा घनीभूत छलफल गर्न र सशक्त घोषणापत्र तयार गर्न आग्रह गरिन् । उनले औपचारिक कार्यक्रमहरूमा धैर्यता र अनुशासन पालना गर्नु कानून व्यवसायीको पहिलो पहिचान भएको बताएकी छिन् ।

उनले भनिन्, ‘मैले एउटा मूल मन्त्रको रूपमा यहाँहरूलाई पूर्वशर्त के चाहीँ आग्रह गर्न चाहन्छु भने केही पूर्वशर्तहरू रहन्छन् । व्यक्तित्व विकासको लागि । त्यो हो अध्ययन, दक्षता, क्षमता, निष्ठा, इमानदारिता र अनुशासन यी पूर्वशर्त हुन् । यिनलाई मूल मन्त्रको रूपमा आत्मसात् गर्नुभयो भने तपाईंहरूले कुनैपनि क्षणमा कुनैपनि व्यवसायमा तपाईंहरूले आफूलाई पछाडि परेको महशुस गर्नुहुने छैन । आफूलाई एकदम सबल र सक्षम रूपमा स्थापित गर्न सक्नुहुनेछ ।’

नेपालको संविधानले आत्मसात गरेको समानुपातिक समावेशिताको सिद्धान्त व्यवहारमा लागू भइरहेको बताएकी छिन् ।


प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?