Trending
>>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा >>   कानून पेशा मात्रै धनको स्रोत हुन सक्दैन, अन्य आर्थिक उपार्जनका उपाय पनि खोजौँः वरिष्ठ अधिवक्ता… >>   गगनको राजीनामाबारे नेता केसी – पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान… >>   महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौंः महान्यायाधिवक्ता भण्डारी >>   सभापति थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्छः सहमहामन्त्री राणा >>   बारको चेतावनीः दुई तिहाईको सरकारले संविधानवाद र कानूनको शासन चिर्न थाले बारल पोजिसन लिन्छ >>   सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य शुरु >>   नयाँ सरकारलाई सहकारी पीडितको खबरदारी ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’ (तस्बिरसहित) >>   जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना
Logo
६ चैत्र २०८२, शुक्रबार
६ चैत्र २०८२, शुक्रबार

सभापति थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्छः सहमहामन्त्री राणा


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले पार्टी सभापति गगनकुमार थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्ने बताएका छन् ।

शुक्रवार कार्यसमितिको बैठकअघि पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री राणाले यस्तो बताएका हुन् । उनले पार्टीका अधिकांश नेता कार्यकर्ताले अहिलेको राजनीतिक परिस्थितिमा काँग्रेसलाई थापाको आवश्यकता छ भनिरहेको उल्लेख गरेका छन् । साथै उनले प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामबारे प्रारम्भिक समिक्षा गरिने बताएका छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट उम्मेदवारलाई रिपोर्ट पठाउन निर्देशन दिइसकेको उल्लेख सबै निर्वाचन क्षेत्रबाट रिपोर्ट प्राप्त भइसकेपछि निर्वाचनको विस्तृत समिक्षा छिट्टै हुने समेत बताए ।

उनले भने, ‘अहिले हामी निर्वाचन परिणामको प्रारम्भिक समिक्षा गर्छौं । हामीले उम्मेदवारहरुको रिपोर्ट मागिसकेका छौँ । रिपोर्ट आइसकेपछि छिट्टै केन्द्रिय समितिको बैठक बसेर विस्तृत रुपमा समिक्षा गछौं । सभापतिको राजीनामा बारेमा केन्द्रिय समितिका साथिहरुले आफ्नो राय राख्नुपर्यो । विधानअनुसार पार्टी सभापतिको राजीनामा केन्द्रीय समितिमा पेश हुन्छ । पदाधिकारीले मात्र भने हुँदैन । अधिकांश नेता कार्यकर्ताले अहिलेको परिस्थितिमा नेपाली काँग्रेसमा गगन थापाको आवश्यकता छ । त्यसैले राजीनामा दिनुहुन्न भन्ने धारणा पहिलेदेखि नै आइरहेको थियो ।’

बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुने एजेण्डा तय भएका छन् । सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए ।


प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?