२९ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले पहिलेको अडियो रेकर्ड उपचुनावलाई प्रभावित पार्नेगरी सार्वजनिक गरिएको टिप्पणी गरेका छन् ।
बुधबार पार्टी कार्यालयको पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हुन् ।
‘जनवरीमा कुराकानी भएको अडियो अहिले ल्याएर हाल्नु सुनियोजित हो, यो हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्न खोजेको हो। तीन वटै निर्वाचन क्षेत्रमा हराउन खोजेको हो,’ उनले भने,‘यो एउटा सुनियोजित योजना हो ।’
प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार