Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

फिनल्याण्डमा बस्ने नेपालीहरुले खोले ‘क्यालोर न्युट्रिशन’ ब्राण्ड


फिनल्याण्डमा बस्ने नेपालीहरुले खोले ‘क्यालोर न्युट्रिशन’ ब्राण्ड

फिनल्याण्ड। फिनल्याण्डमा बस्ने नेपालीहरुले ‘क्यालोर न्युट्रिशन’ नामक नयाँ पोषण पूरक (न्युट्रिशनल सप्लिमेन्ट) ब्राण्ड बजारमा ल्याएका छन् ।

फिनल्याण्डस्थित नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्दै आशिष थापाको नेतृत्वमा विशेषज्ञहरूको एक समूहले उक्त ब्राण्डका प्रोडकहरु बजारमा ल्याएका हुन् । ‘नर्डिक कोल्याव लिमिटेड’ कम्पनीअन्तर्गत सञ्चालनमा आएको यस ब्राण्डले शुरुवाती चरणमा १४ वडा प्रोडकहरु छन् । थप दुई वटा प्रोडकहरु यस वर्षभित्रै बजारमा ल्याउने तयारी गरेको कम्पनीका सीईओ आशिष थापाले जानकारी दिए । उन ले यस ब्राण्डले विगत दुई वर्षदेखि आफ्नै प्रयोगशालामा प्रिमियमस्तरका उत्कृष्ट सप्लिमेन्ट उत्पादन विकास गर्दै आएको जानकारी गराउदै उक्त प्रोडक्टमा सात प्रकारको न्याचुरल फ्लेबरहरु प्रयोग गरेको पन बताएका छन् ।

कम्पनीकाअनुसार उत्पादनहरूमा ह्वे प्रोटिन पाउडर, मास गेनर, ऊर्जा अभिवृद्धि गर्ने प्रि–वर्कआउट पाउडर, एमिनो एसिड पाउडर, भेगन प्रोटिन, ओमेगा–३ सफ्ट जेल तथा भेगन मल्टिभिटामिन गम्मीज हरू समावेश छन् । यी उत्पादनहरू सामान्य रूपमा सक्रिय जीवनशैली अपनाउने सबै उमेर समूह र लिङ्गका व्यक्तिहरूलाई लक्षित गरी तयार पारिएको कम्पनीको दाबी छ । प्रारम्भिक चरणमा उत्पादन फिनल्याण्डमा सार्वजनिक गरिए पनि नेपाल, बंगलादेश, स्वीडेन, ट्युनिसिया तथा मध्य–पूर्व एशियाली मुलुकहरूमा वितरणका लागि सम्झौता प्रक्रिया अगाडी बढेको कम्पनीले जनाएको छ ।

हालका लागि उत्पादनहरू फिनल्याण्डस्थित क्यालोर न्युट्रिशनको वेबसप तथा स्थानीय खुद्रा सञ्जालमार्फत अर्डर गर्न सकिनेछ । ठूलो परिमाणमा अर्डरका लागि नर्डिक र बाल्टिक देशहरूमा डेलिभरी व्यवस्था मिलाइएको छ ।


प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?