Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मेयर बालेनले गैरजिम्मेवार बोली बोल्नुभएको छ : सांसद् राजेन्द्र पाण्डे


२९ चैत्र, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहले गैरजिम्मेवार बोली बोलेको आरोप लगाएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजधानीको फोहोर व्यवस्थापनको सम्बन्धमा संविधानले दिएको अधिकारभन्दा बाहिर गएर गैरजिम्मेवार बोली बोलेको आरोप लगाए ।

उनले भने, ‘उहाँको अभिव्यक्ति गैरजिम्मेरपूर्ण छ । राष्ट्रपति निवास, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर म उठाउँदिन भन्ने टाइपका कुराहरू गरिरहनु भएको छ । संविधानले फोहोर उठाउने जिम्मा, फोहोरको व्यवस्थापन गर्ने जिम्मा उहाँलाई नै दिएको छ । स्थानीय तहलाई दिएको छ ।’

उनले महानगरका मेयर गैरजिम्मेवार रूपमा प्रस्तुत भए भन्दैमा संघीय सरकार पनि गैरजिम्मेवार बन्न नमिल्ने पनि बताएका छन् ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?