Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

मेयर बालेनले गैरजिम्मेवार बोली बोल्नुभएको छ : सांसद् राजेन्द्र पाण्डे


२९ चैत्र, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहले गैरजिम्मेवार बोली बोलेको आरोप लगाएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजधानीको फोहोर व्यवस्थापनको सम्बन्धमा संविधानले दिएको अधिकारभन्दा बाहिर गएर गैरजिम्मेवार बोली बोलेको आरोप लगाए ।

उनले भने, ‘उहाँको अभिव्यक्ति गैरजिम्मेरपूर्ण छ । राष्ट्रपति निवास, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर म उठाउँदिन भन्ने टाइपका कुराहरू गरिरहनु भएको छ । संविधानले फोहोर उठाउने जिम्मा, फोहोरको व्यवस्थापन गर्ने जिम्मा उहाँलाई नै दिएको छ । स्थानीय तहलाई दिएको छ ।’

उनले महानगरका मेयर गैरजिम्मेवार रूपमा प्रस्तुत भए भन्दैमा संघीय सरकार पनि गैरजिम्मेवार बन्न नमिल्ने पनि बताएका छन् ।


प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?