Trending
>>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित >>   रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन >>   रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम >>   हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने >>   मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो >>   हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ >>   जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल
Logo
२४ फाल्गुन २०८२, आईतवार
२४ फाल्गुन २०८२, आईतवार

जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल


जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल

कास्की। कास्की निर्वाचन क्षेत्र नम्बर २ वाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उत्तमप्रसाद पौडेलले जेन–जी आन्दोलनको मर्मअनुसार काम गर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिने क्रममा उहाँले निर्वाचनले दिएको म्याण्डेटलाई नेपाली जनता र देशको हितमा प्रयोग गर्ने बताउनु भयो । उहाँले देशलाई निकास दिनुपर्ने आजको आवश्यक्ता औँल्याउँदै सबै पक्षलाई समेटेर लैजाने प्रतिवद्धता जनाउनु भयो । आफूलाई मत दिने र नदिने सबैको प्रतिनिधित्व हुनेगरी काम गर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘जित हार फरक कुरा हो, तर देशलाई निकास दिनुपर्ने आजको आवश्यक्ता रहेको छ । यो जटिल परिस्थितिमा जेनजी आन्दोलन पछि जुन हिसावको निर्वाचन भयो, यो निर्वाचनले दिएको म्याण्डेड के हो ? त्यसको मर्म के हो भन्ने हिसावले काम गर्ने र आम नेपाली नागरिक र नेपालको पक्षमा काम गर्नेगरि काम गर्नेछु, मतदान गर्नेलाई धन्यवाद दिन चाहन्छु, जसले मतदान गर्नुभएन, उहाँहरुको पनि प्रतिनिधित्व हुनेगरी अब आउने ५ वर्ष काम गर्ने प्रतिवद्धता जनाउँछु ।’

कास्की क्षेत्र नम्बर २ मा पौडेलले ३१ हजार ९११ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिष्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४९३ मत मात्रै प्राप्त गर्नुभयो । नेपाली काँग्रेसका माधवप्रसाद बाँस्तोलाले ६ हजार ५००, राप्रपाका हेमजङ गुरुङले १ हजार ६४३, नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले १ हजार २७६ र उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत पाउनुभयो । यो निर्वाचन क्ष्नेत्रमा ५२ हजार ५ सय १९ मत खसेको थियो ।


प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?