झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा–५ मा बालेन्द्र शाह(राष्ट्रिय स्वतन्त्र पार्टी) ले उल्लेखनीय अग्रता बनाएका छन्।
सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार शाहले ३४ हजार ८६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी केपी शर्मा ओली (नेकपा एमाले) ले ९ हजार ६८ मत प्राप्त गरेका छन्। त्यस्तै समिर तामांग (नेकपा ) ले ५ हजार ६४५ मत पाएका छन्।
अन्य उम्मेदवारहरूले ३ हजार ३०८ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार